कृषि विकास बैंकमा हजार राखे लाख र लाख राखे करोड भुक्तानी पाइने

Advertisement

काठमाडौँ । कृषि विकास बैंकले मुुद्दती निक्षेप योजनाअन्तरगत हजार राखे लाख पाउने र लाख राखे करोड भुक्तानी पाउने योजना ल्याएको छ । 

उक्त निक्षेप योजनालाई सो बैंकले लखपति करोडपति धमाका मुद्दती निक्षेप योजनाअन्तरगत ल्याएको हो । जसमा व्यक्तिगत ग्राहकले रु. ५९,३५५/– र रेमिट्यान्स ग्राहकले रु.५६,६२६/– जम्मा गरी मुद्दती निक्षेप खोलेमा पाँच वर्षपछि कर कट्टीसहित रु.एकलाख भुक्तानी दिनेछ । त्यसैगरी व्यक्तिगत ग्राहकले रु.५९,३५,५००/– र रेमिट्यान्स ग्राहकले ५६,६२,६००/–जम्मा गरेमा पाँच वर्षपछि कर कट्टीसहित एकमुष्ठ रु. एक करोड भुक्तानी दिने बैंकले जनाएको छ । 

Advertisement

साथै यो योजनाअन्तरगत नै हाल जम्मा गरेको रकमको निश्चित अवधिपछि दुई गुणा, तीन गुणा र पाँच गुणासम्म प्रतिफलमा एकमुष्ठ भुक्तानी दिने योजनासमेत बैंकले ल्याएको छ । 

बैंकले यस्तो सुविधा लिने व्यक्तिगत तथा रेमिट्यान्स ग्राहकका लागि क्रेडिट कार्डमा ९० प्रतिशतको लिमिट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेविट कार्ड, डिम्याट, सिआश्वाको रजिष्ट्रेशन शुल्क निःशुल्क गरी लकर सेवामा ५० प्रतिशत छुट हुने जनाएको छ ।

Advertisement

Advertisement