कांग्रेसमा गगन थापापछि प्रकाशमानले पनि आफूलाई भावी प्रधानमन्त्री घोषणा गरे

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई भावी प्रधानमन्त्री घोषणा गरेको केही समयपछि अर्का नेता प्रकाशमान सिंहले पनि आफू प्रधानमन्त्री बनेर देश विकास गर्ने घोषणा गरेका छन् । 

शनिबार काठमाडौंमा आयोजित गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटनका क्रममा उनले प्रधानमन्त्री बनेर देश विकास गर्ने चाहना राखेका हुन् । सिंहले आफू नम्बर वान भएर देशको लागि काम गर्ने अवसर पाए देशको कार्यापलट गर्ने जिकिर गर्दै त्यो कुरा जनताले अनुभव गर्नसक्ने बताए । 

Advertisement

असल नियत भएको र लोभ नभएको नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुन्छ भन्नेकुरा आफू प्रधानमन्त्री बनेपछि जनताले देख्ने उनको भनाई छ । सिंहले नेकपा एमालेले सत्तामा पुगेर पनि काम गर्न नसकेको र अहिले रोइरहेको भन्दै भने, ‘मलाई साथ दिए, मौका पाएँ भने.... मैले तल्लो स्तरदेखि माथिल्लो स्तरका पार्टीका निकायमा बसेर काम गरिसकेको छु । नम्बर वान म्यान भएर काम गर्ने मौका पाएँ भने राम्रो असल नियत भएको, लोभ नभएको, नेताहरु ठाउँमा पुगेपछि देशको कसरी कायापलट हुने रहेछ ? भन्ने कुरा देखाउन चाहान्छु ।’

Advertisement

Advertisement