सिटिजन्स बैंकले एकै पटक ल्यायो दुई मुद्दती योजना, के के छन् फाइदा ?

Advertisement

काठमाडौं । सिटिजन्स बैंकले दुई नयाँ मुद्दती योजना सार्वजनिक गरेको छ । बैंकले साउन २१ (शनिबार)देखि आकर्षक मुद्दती योजनाहरु ल्याएको जानकारी दिँदै यिनमा १० गुणासम्म प्रतिफल प्राप्त हुने बताएको छ । 

बैंकले ‘सिटिजन्स चिरायु मुद्दती योजना’ र ‘रेमिटेन्स चिरायु मुद्दती योजना’ ल्याएको हो । चितवनको सौराहामा आयोजित लिडरसिप डेभलपमेन्ट तथा क्यापासिटि बिल्डिङ कनक्लेभका क्रमाम बैंकका अध्यक्ष सीईओ (प्रमुख कार्यकारी अधिकृत) गणेश पोखरेलले यी योजनाहरु घोषणा गरेका हुन् । 

Advertisement

कनक्लेभमा आफ्ना १८० शाखा प्रबन्धकहरुका साथै वरिष्ठ व्यवस्थापकहरु सहभागी रहेको बैंकले जनाएको छ । सो अवसरमा पोखरेलले बैकंलाई सुशासनमा अब्बल बनाउने पनि बताए । 

सिटिजन्स चिरायु मुद्दती योजनाअन्र्तगत ग्राहकले १३ वर्ष ४ महिनादेखि २२ बर्ष १ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार सावाँ तथा व्याजबापत लाग्ने करपश्चात एकमुष्टरुपमा चार गुणादेखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउने छन् । 
रेमिटेन्स चिरायु मुद्दती योजना ग्राहकले १२ वर्ष ३ महिनादेखि २० बर्ष ३ महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार साँवा तथा व्याजबापत लाग्ने कर पश्चात एकमुष्टरुपमा चार गुणादेखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । यो मुद्दती निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकले यो खाता बैंकको कुनै पनि शाखामार्फत न्यूनतम ५० हजार मौज्दातमा खोल्न पाउने छन् । 

ग्राहकको वित्तीय आवश्यकता सहजताका साथ पूरा होस् भनेर आफ्नो वेभसाइटमार्फत स्र्माट सर्भिसेज सेवा समेत सुचारु गरेको बताउँदै सिटिजन्स बैंकले यस सेवाअन्तर्गत वेभसाइटमार्फत विभिन्न कार्डसम्बन्धी सेवा, मोबाइल तथा ई–बैकिङसम्बन्धी सेवा, शेयरसम्बन्धी सेवा तथा क्यूआरसम्बन्धी सेवा सहजताका साथ प्राप्त गर्न सक्ने जानकारी दिने बताएको छ । 

Advertisement

Advertisement