‘घरपिच्छे र झ्यालैपिच्छे मन्त्री पाल्न सक्दैनौ, बिचको प्रदेश तह तत्कालै स्थगन गरिदिए हुन्छ’

Advertisement

काठमाडौं । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा गठबन्धन गरेर जानु भनेको सिद्धान्तहीन हुने बताएका छन् । रिपोर्टर्स क्लबमा शनिबार उनले पाँच दलीय गठबन्धनले एमाले र केपी ओलीलाई हराउने मात्रै उद्देश्य राखेको बताए ।

केसीले अहिले केपी ओलीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता समाप्त गर्न खोजेको भनेर अनावश्यक हल्ला चलाईएको भन्दै भने, ‘चुनाव समयमै हुन्छ कि हुँदैन भन्ने आशंका थियो । माओवादीका कतिपय नेताहरुले चुनाव फागुनमा गर्नेजस्तो कुरा गरेका थिए । चुनावबारे एकखालको अन्यौल थियो । प्रचण्डले मंसिर ४ गते नै चुनाव हुन्छ भनेर भनेका थिए । नेपालका नेताहरु भरलाग्दा छैनन् । खेलखाल, जेलझाल गर्छन कि भन्ने थियो । तर, चुनावको मिति घोषणा भयो ।’

Advertisement

यो बीचमा गठबन्धनवालाहरुले एमाले अध्यक्ष ओलीले गणतन्त्रका उपलब्ध सिध्याउँछन् र उनको राजासँग साँठगाँठ छ भनेको पनि केसीले स्मरण गरे । केसीले भने, ‘अहिले गणतन्त्र छ, संघीयता छ, धर्मनिरपेक्षता छ, समावेशी–समानुपातिक एजेण्डा, यी जम्मै केपी ओलीले खान्छन् भन्ने खालको भाष्य जोडिएको थियो । तर, म भन्छु कि प्रतिगमन भन्ने बस्तु शेरबहादुर देउवाले गरेको हो । देउवाले संसद् विघटनको लागि राजा ज्ञानेन्द्रकोमा विन्ती गरेका थिए । अदालतले पनि हाउस विघटन गर्न भनेको थियो । त्यो बेला संवैधानिक व्यवस्था धरापमा पार्ने काम भएको थियो ।’

उनले अहिलेको राजनीतिको प्राप्तिको अवरोध भनेको नै ओली हो र उसलाई ठेगान नलगाउँदा पाँच दलीय गठबन्धन बनाउनैपर्छ भनेर गठबन्धनका नेताहरु लागेको सुनाए । केसीले भने, ‘अहिले गठबन्धनका नेताहरुले एमालेलाई  पूर्णतः किनारा लगाउनुपर्छ भन्ने परिवेश निर्माण गरेको हो । गठबन्धन गर्नको लागि उनीहरु दृढसंकल्प थिए । यसमा आश्चर्य छैन् ।’ उनले समयमै निर्वाचनमा जालान भन्नेमा आफूहरु अपेक्षित रहेको सुनाए । 

न्यायपालिका, व्यवस्थापिक र कार्यपालिका शक्ति सन्तुलनको लागि आधारमा गठन भएको स्मरण गराउँदै केसीले भने, ‘अहिले त देशको सर्वोच्च अदालतको प्रधान्यायाधीशलाई फालेर अर्को मान्छे लिएर मनपर्दी गर्दै हिँड्ने काम भएको छ । गठबन्धन अपरिहार्य छ । यो गणतन्त्र, संघीयताको लागि केपी ओली १४ वर्ष जेल बसेका हुन् । झापामा टाउका काटे भन्ने इत्यादी कुरा पनि सुनेका छौं । ओलीले यी तीन वटा कुरा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता खाँदैनन् भन्ने मलाई लाग्छ । हामी त गुण र दोषको आधारमा बोल्छौं ।’

उनले अहिले पनि देशमा समस्या यथावत रहेको सुनाए । डा. केसीले भने, ‘करको दायरा हेरफेरको विषयमा के भएको थियो त ? सत्यमा हामी उभिनुपर्छ । तथ्यमा उभिनुपर्छ ।’ उनले संघीयता कार्यान्वयन प्रक्रियामा पनि समस्या रहेको सुनाए । केसीले भने, ‘केन्द्र, प्रदेश र स्थानीय तहको कुरा छ, एउटा प्रदेशमा त भ्रमण र बैठक मात्रै ९४ करोड खर्च भएछ । हाम्रो देशमा भिआईपीको संख्यामात्रै ४८ सय छ । संसारका भिआईपी एकातिर र नेपालका भिआईपी एकतृत राख्दा नेपालका धेरै छन् । अब नेपालको विकास हुन एक हजार वर्ष लाग्नेछ । यो विषय चुनावको एजेण्डा बनाउने कि नबनाउने ? यो कुरा अहिले मुख्य प्रश्न बनेको छ ।’

डा. केसीले अहिले घर र घरको पनि झ्यालैपिच्छे मन्त्री रहेको सुनाए । उनले भने, ‘जसलाई पायो त्यसैलाई मन्त्री बनाउने काम भएको छ, अहिले त घरैपिच्छे मन्त्री छन् । झ्यालैपछि मन्त्री ।’ केसीले राजनीतिक लोकतन्त्रको ग्यारेन्टी हुन्छ भने धार्मिक लोकतन्त्रको ग्यारेन्टी हुनुपर्छ कि पर्दैन् भन्ने प्रश्न गरे ? 

उनले अबको निर्वाचनमा सही उम्मेद्धवार चयन हुनुपर्नेमा जोड दिए । केसीले एमाले अध्यक्ष ओलीले पनि मुलुकमा अब दुई दल भए राम्रो हुन्छ भनिसकेको उल्लेख गरे । केसीले भने, ‘मैले देख्दा पनि दुई दलीय प्रणाली नराम्रो होईन ।’ उनले सर्वोच्च अदालतको परमादेश ठिक हो भन्नु गलत भएको पनि टिप्पणी गरे । 

केसीले भने, ‘त्यो परमादेश सही थियो त ? केपी ओली निरंकुश र स्वेच्छाचारी थिए । उनले हाउस विघटन गर्नु दुई वटा गल्ती थियो । एउटा–संविधान विपरित, अर्को भनेको अदालतको अवज्ञा । त्यही दुईवटै विषय बनाएर ओलीलाई मानहानीको मुद्दामा केन्द्रीय कारागारमा कोचिदिएको भए, केपी ओली नामको कर्ता हामीले सदाकाल बोकिरहनुपर्ने थिएन नि । अब त अर्को दश वर्षसम्म, केपी ओलीको कहर हामीले बोकिरहनुपर्ने भयो । म केपी ओलीको हनुमान होईन, परमादेश ठीक हो भन्नेहरु हो भन्ने मेरो बुझाई हो । दुनियाँको कुनैपनि देशमा न्यायालयले प्रधानमन्त्री बनाउने नै होईन । यी चीज पनि अबको निर्वाचनमा विषयवस्तु बन्नुपर्छ ।’

Advertisement

Advertisement