आज (साउन २२)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल साउन महिनाको २२ गते आइतबार, श्रावण शुक्लपक्षको दशमी तिथि । 

मेष
गर्न खोजेका काममा प्रगतिहरु देखा पर्ने छन् । अरुको विश्वास आर्जन गर्न सक्दा भरोषा बढ्ने छ । नरम तथा लचिलो खालको व्यक्तित्व हुने छ । पेशागत जीवन औसत खालको हुने छ । बोलीको प्रभाव बढ्ने छ । आर्थिक सन्तुलन कायम रहने छ । परिवारमा द्वन्द निम्तिने छ । शेयर बजार प्रतिकुल रहने छ ।

Advertisement

वृष
मिष्ठान्न भोजनको अवसर मिल्ने छ । नयाँ कामको थालनी हुने छ । आँटेका कामहरुमा प्रगति मिल्ने छ । दाम्पत्य जीवनमा मधुरता आउँदा खुशियाली छाउने छ । पेशागत जीवनमा भने केही उल्झनहरु आउने छन् । रिसालु व्यक्ति हुने भएकाले संयमित हुनु होला । शेयर बजारबाट फाइदा मिल्ने छैन् । 

मिथुन 
यात्रामा जाने योग छ । पेशागत जीवनमा प्राप्त जिम्मेबारीको सफलता हुने छ । आर्थिक सन्तुलन कायम हुने छ । बोलीको प्रभाव बढ्ने छ । पेशागत क्षेत्रमा बोलीको प्रभावले गर्दा अरुको कदर प्राप्त हुने छ । तर मनमा उत्पन्न हुने दुविधाका कारण निर्णय प्रकृयामा भने अन्योलको सामना गर्नु पर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कर्कट
प्राकृतिक प्रकोपका समस्याबाट प्रताडित हुने चुनौति रहेको छ । पेशागत जीवनमा कठिनाईहरुको सामना गर्नु पर्ने छ । मनमा आउने निराशाले उदासिनता बढाउने छ । मनोबलमा पनि केही गिरावट आउने छ जसले प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट गराउने छ । परिवारमा किचलो हुने र त्यसले सामाजिक प्रतिष्ठामा पनि गिरावट गराउने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।

सिंह
मित्रहरुसँगको झैझगडा हुने चुनौति देखिन्छ । पेशागत जीवन जे जस्तो चलिरहेछ त्यस्तै रहने छ । आर्थिक पक्ष औसत खालको रहने छ । परिवारमा हासि मजाक र रसिलो वातावरण कायम हुने छ । विगतमा भएका निर्णयका कारण नतिजाहरु सहज खालका आउने छन् । शेयर बजार औसत खालको रहने छ । 

कन्या
नराम्रा सपनाले सताउने छ । पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । पैतृक सम्पत्तिका बारेमा झण्झट उत्पन्न हुने छ । प्रेममा सफलता मिल्ने छ । नविन खालका विचारहरु आउने छन् । तर बोलीको प्रभाव घट्ने छ । यात्रामा कठिनाई झेल्नु पर्ने छ । प्राकृतिक प्रकोपजन्य समस्याले सताउने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

तुला
प्रेममा सफलता मिल्ने छ । पेशागत जीवनमा सन्तोष मिल्ने छ । आँटेका विषयमा सकारात्मक नतिजाका संकेतहरु आउने छन् । व्यक्तित्व दृढ खालको हुने छ । आर्थिक जीवनमा उन्नति हुने छ । परिवारमा प्रेम र मिलनको वातावरण छाउने छ । जीवनसाथिको प्रेममा पनि बढोत्तरी हुने छ । शेयर बजारमा गुमाउनु पर्ने छ ।

वृश्चिक
शरीरमा एलर्जी जस्ता समस्याले सताउने छ । पेशागत जीवनमा धेरै जोखिम लिने समय रहेको छैन् । कार्य सफलतामा कमि आउने छ । आफन्तहरुबाट नै धोका हुने हुँदा संयमित रहनु होला । बौद्धिक क्षेत्रमा लम्कन मन लाग्ने छ । भाग्यले साथ नदिएका कारण उदासिनता बढ्ने छ । अपमानित हुने अवस्था आउने भएकाले विचार गरेर मात्र कदम चाल्नु होला । शेयर बजारबाट अपेक्षाकृत लाभ मिल्ने छैन् ।

धनु 
अनावश्यक क्षेत्रमा उर्जा खर्च हुने छ । पेशागत जीवनमा बादबिबाद आदीबाट गुज्रनु पर्ने छ । अड्डा अदालत तथा प्रशासनिक झमेलामा धाउनु पर्ने हुन्छ । परिवारमा तनावको अवस्था आउने छ । गलत विषयमा आँट आदी आउने छ । गैरकानूनी क्रियाकलापमा जानाजान वा अन्जानमा फस्ने चुनौति देखिन्छ । शेयर बजारमा गुमाउनु पर्ने छ । 

मकर
पारीवारिक जीवनमा विश्वास आर्जन हुने छ । पेशागत जीवनमा योजनाबद्ध उन्नति नहुँदा मनमा अशान्ति आउने छ । यात्रारत रहनु पर्ने छ । सामाजिक जीवन प्रभावशाली हुने छ । आर्थिक रुपमा सवल अवस्था रहने छ । परिवारको आड र भरोषाले गर्दा आड भरोषा मिल्ने छ । बौद्धिक क्षेत्र कदर मिल्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

कुम्भ 
कल्पनाशिलतामा बढोत्तरी हुने छ तर त्यसको व्यावहारिक प्रयोग सीमित बन्ने छ । पेशागत जीवनमा स्थिरता कायम हुने छ भने आम्दानीमा पनि बृद्धि हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । जीवनसाथिको सल्लाहमा काम गर्दा जोखिम कम हुने छ । साथिहरुसँग द्वन्द हुनेछ । शेयर बजार औसत रहने छ ।

मीन
विश्वास गरेका व्यक्तिहरुबाट सहयोग मिल्ने छैन् । पेशागत जीवन औसत अवस्थाबाट गुज्रने छ । अध्ययन अध्यापन तथा बौद्धि कार्यमा अभिरुचि बढ्ने छ । बाठो खालको व्यक्तित्व बन्ने छ । आर्थिक रुपमा सवलता प्राप्ति हुने छ । सन्तानका कामबाट सन्तेष प्राप्त हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा क्षमतामा आउने ह्रासले भविष्यप्रति चिन्ता थपिदिने छ । शेयर बजारबाट फाइदा मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement