परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले माग्यो कार्यकारी निर्देशक

Advertisement

काठमाडौं । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन खुलाएको छ। प्रतस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

यो आवेदन भदौ ४ गतेसम्म खुला रहने मन्त्रालयले जानकारी दिएको छ । ६० वर्ष उमेर ननाघेको, स्नातकोत्तर उपाधि हासिल गरेको, कृटनीतिक क्षेत्रमा कम्तिमा १० वर्ष काम गरेको र उच्च व्यवस्थापकीय पदमा कम्तिमा पाँच वर्ष अनुभव भएको हुनुपर्ने योग्यतामा उल्लेख छ ।
 

Advertisement

Advertisement

Advertisement