चिट्ठी नपाएको भन्दै बर्खास्त भइसकेका निगमका अध्यक्ष कार्यालयमा हाजिर

Advertisement

काठमाडौं । मन्त्रिपरिषदको शुक्रबारको बैठकबाट बर्खास्त भइसकेका नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी आइतबार कार्यालयमा हाजिर भएका छन् । 

थुप्रै आरोप र विवादमा पर्दै आएका उनले बर्खास्तीको चिट्ठी नपाएको भन्दै कार्यालय गएर हाजिर भएका हुन् । उनलाई कार्यालय गएर हाजिर हुन एउटा समूहले सहयोग गरेको निगमका एक कर्मचारीले बताए । 

Advertisement

तत्कालिन पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको पालामा उनलाई निलम्बन गरे पनि अदालतले उनलाई पुनः काममा फर्काएको थियो । सँगै अधिकारीमाथि छानविन गर्न गठित समितिले उनीमाथि गम्भीर आरोपहरु लगाउँदै बर्खास्तीको सिफारिस गरेको थियो । छानविनकै क्रममा उनले छानविन नगर्न तत्कालिन पर्यटन सचिव महेश्वर न्यौपानेलाई आफू र आफूलाई नियुक्त गर्न सिफारिस गर्ने नेता झलनाथ खनालमार्फत दबाब दिने काम गरेका थिए । 

Advertisement

Advertisement