प्रदीप ज्ञवालीको प्रश्न– अर्थमन्त्री शर्मामातहत बस्न नमानेर किन कर्मचारी भागाभाग हुँदैछ ?

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री जनार्दन शर्माको मातहतमा कुनै पनि कर्मचारी बस्न नचाहेको बताएका छन् । समाचारमा आएको कुराका आधारमा प्रश्न उठाउँदै संसदमा आइतबार उनले कुनै सचिव शर्मा मातहत बस्न नमानेपछि राजश्व सचिव कृष्णहरि पुस्करलाई नै अर्थसचिवलाई नै दोहोरो जिम्मेवारी दिएको स्मरण गराए । 

शर्मामाथि गरिएको संसदीय विशेष छानवीन समितिको प्रतिवेदन तथ्यमा आधारित नभएपछि उनको मातहतमा अर्थ मन्त्रालयका कुनै पनि कर्मचारी बस्न नचाहेर भागाभागको स्थिति भएको भन्दै ज्ञवालीले 

Advertisement

आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले मुलुकको अर्थतन्त्र गम्भिर अवस्थामा रहेको बेला अर्थ मन्त्रालयमा अर्थ सचिव नै भाग्ने अवस्था आएको भन्दै यस्तो अवस्थामा पनि किन प्रधानमन्त्री शेरबहादुर देउवालाई नपोलेको भनि प्रश्न गरे । कुनै बेला अर्थ मन्त्रालयमा जानका लागि कर्मचारीहरु हानथाप गर्ने गरेको उल्लेख गर्दै उनले अर्थमन्त्री शर्माकै गतिविधिका कारण त्यहाँ कर्मचारी जान नचाहेको बताए । 

ज्ञवालीले भने, ‘अस्ती सार्वजनिक समाचार माध्याममा एउटा समाचार आएपछि मुलुकको राज्य प्रणाली, मुलुकको प्रशासन संयन्त्र र यो प्रशासन संयन्त्रलाई सरकारले कसरी चलाउन चाहिरहेको छ भन्नेबारेमा केही गम्भीर प्रश्नहरु उठे । त्यो सन्दर्भ थियो–अर्थ मन्त्रालयमा अर्थ सचिव भएर जान कोही पनि तयार भईरहेका छैनन् । र, अहिले राजस्व सचिवको रुपमा भूमिका निर्वाह गरिरहनु भएका सचिवलाई नै अर्थ सचिवको जिम्मेवारी पनि दिइएको छ ।’ 

उनले थपे, ‘कुनै बेला अर्थ मन्त्रालयले सरकारको सबैभन्दा राम्रो मन्त्रालय मानिन्थ्यो । र, त्यहाँ सचिवहरु जानका लागि हानाथाप जस्तै हुन्थ्यो । तर, आज यो सरकारको कतिपय क्रियाकलापहरुले त्यहाँ काम गरिरहेका सचिवहरु सरुवा माग्ने, अरु कर्मचारीहरु त्यहाँ बस्न नचाहने यो स्थिति सिर्जना भएको छ । यसको स्रोत कहाँ हो सभामुख महोदय ? यसको स्रोत त्यो हो ? जहाँ जेठ १४ गते मध्यराती बजेट बनउने क्रममा करका दरहरु हेरफेर गर्ने क्रममा जे जस्ता घटनाक्रमहरु भए । त्यसका सह उत्पादनहरु आज देशको भोग्नु परिरहेको अवस्था छ । त्यस सम्बन्धमा हामीले छानवीन समिति बनायौं । छानविन समितिले एउटा रिर्पोट दिइसकेको छ । म त्यसमा धेरै जान चाहन्न । खाली मैले यो संसदमा रेकर्ड गराउन चाहेको के हो भने छानविन समितिले सम्पूर्ण अंगहरु पूरा गर्न पाएन । छानविनका जति पनि अवयवहरु हुन्छन, जति कामहरु हुन्छन.. किनभने त्यहाँ जे रिकभर भएको फुटेज हो, त्यस दिन त्यहाँ कोही प्रवेश गरेको थिएन वा गरेको थियो ? त्यो पनि भन्न मिल्दैन त्यहाँ । त्यस पछाडि अध्ययनका लागि, अनुसन्धानका लागि जे जति कामहरु गरिनुपथ्र्यो । भिडियोलगायतका अन्य विषयहरु ती केही पनि काम गर्न पाएन । र, समितिमा विरलै देखिने र हुन नहुने संसदीय छानवीन समितिहरु अल्पमत र बहुमत होइन् । तथ्यमा आधारित भएर निष्कर्ष निकाल्नुपर्ने त्यो विधि फलो भएन । र, अधुरो, अपुरो अध्ययनको आधारमा जे रिर्पाेट आयो । त्यसको परिणाम आज अर्थ मन्त्रालयमा कर्मचारीहरु भागाभाग हुनुपर्ने परिस्थिति आएको हो । देशको अर्थतन्त्र गम्भिर अवस्थामा छ । हामीले यो संसदमा पटकपटक रेकर्ड गराईरहेका छौं । तर अर्थमन्त्रीजी घरी गभर्नर नेपाल राष्ट्र बैंकजस्तो स्वायत्त निकायमाथि हस्तक्षेप गर्नु हुन्छ । घरी उहाँको मातहत बस्न कोही पनि कर्मचारी तयार हुँदैनन् । यो कुराले सरकारलाई प्रधानमन्त्रीलाई कहीँकतै पोल्दैन ? ’

उपमहासचिव ज्ञवालीले तत्कालीन अर्थमन्त्री शर्मामाथि गरिएको संसदीय छानवीन विशेष समितिको प्रतिवेदन अधुरो र अपुरो रहेकाले त्यसलाई मानेर जान नसकिने बताए । 

Advertisement

Advertisement