आईएमई समूहको ‘क्रस होल्डिङ’ रहेका आईएमई, नेपाल इन्स्योरेन्स र प्रुडेन्सियलले समितिलाई टेरेनन

Advertisement

काठमाडौं । बीमा समितिले क्रस होल्डिङ्स (एउटै व्यक्ति तथा संस्थाको दोहोरो लगानी) भएका कम्पनीहरु अरुभन्दा पहिला मर्जरमा जान बीमा समितिले जोड दिए पनि आईएमई समूहको क्रस होल्डिङ रहेका कम्पनीहरुले भटे अटेर गरेका छन् । 

उक्त समुहको लगानी रहेका आईएमई जनरल इन्स्योरेन्स (आईजीआई), नेपाल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले मर्जरमा जान आलटाल गरेका हुन् । उनीहरुलाई मर्जरमा जान समितिले पुँजी वृद्धिको निर्णयअघिदेखि नै सुझाव दिँदै आएको थियो । 

Advertisement

समितिले कम्पनीहरुको पुँजी डेढ गुनाले बढाउनुपर्ने व्यवस्था गरेसँगै धेरै कम्पनीहरु भकाभक मर्जरमा गइरहेको बेला आईएमई समूहको लगानी रहेका कम्पनीहरुले भने आलटाल गर्दै आएका छन् । आईएमई समूह नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका व्यवसायी चन्द्र ढकाल नेतृत्वको समूह हो । 

पुँजी वृद्धि गर्नुपर्ने निर्णयपछि समितिले यी तीन कम्पनीलाई मर्जरमा जान र क्रस होल्डिङ तोडन पटक पटक दबाब दिए पनि उनीहरुले अटेर गर्दै आएका छन् । मर्जरमा छान समितिले छुट सुविधासमेत दिए पनि भने मर्जरको विषयमा मौन देखिन्छ । 

ढकालको लगानी भएकाले आफ्नै निर्देशन पालन नहुँदा पनि समिति बाध्य भएर चुपचाप बसेको छ । पछिल्लो समय दबाब दिइएका अन्य कम्पनीहरुले आईएमई समूहको क्रस होल्डिङ भएका कम्पनीहरुका बारेमा केही नबोलेको भन्दै अन्य कम्पनीका सञ्चालकहरुले असन्तुष्टि पोख्न थालेपछि समितिका पदाधिकारीलाई नैतिक दबाब परेको छ । 

समितिका एक उच्च अधिकारीले भने आफूहरुले सुझाव र निर्देशन दिएको धेरै समय भइसकेकोले अब पर्खिन नसक्ने चेतावनी दिएका छन् । उनले क्रस होल्डिङ भएका कम्पनीहरुलाई चाँडै मर्जरमा जान आफूहरुले पहिलेदेखि नै मौका दिए पनि कतिपयले अझै अटेर गरेको बताउँदै अब जस्को लगानी भएको कम्पनी भए पनि समितिले कारवाही गर्न बाध्य हुने बताए । 

यता प्रुडेन्सिल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्रवणकुमार रावलले कर्पोरेट नेपालसँग भने, ‘समितिको निर्देशन पनि पालन नगर्न लागेको होइन् । यसका लागि आफ्नो ठाउँबाट काम भइरहेको छ । सँगै हामीले मर्जरमा जान्छौं पनि भनेका छैनौ । मर्जरमा जान त उपयुक्त पार्टनर पनि भेटिनुपर्यो ।’ 

उनले अहिले बजारमा आफ्नो कम्पनीमा मात्र नभई अन्य कम्पनीहरु पनि मर्जरमा जान बाँकी रहेको बताउँदै खोजेजस्तो कम्पनी फेला नपरेको तर्क गरे । क्रस होल्डिङका बारेमा रावलले खुलेर बोल्न चाहेनन् । 

Advertisement

Advertisement