डेपुटी गभर्नरको तर्क– कोही सामान्य बिरामी भएर अस्पतालमा गयो भन्दैमा आईसीयूमा हाल्न हुन्न

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिपछि उद्योगी व्यवसायी तथा बैंकर्सहरु निराश हुनुपर्ने अवस्था नभएको बताएका छन् । 

आईतवार काठमाडौंमा भएका एक कार्यक्रममा उनले उद्योगी व्यवसायी तथा बैंकर्सहरुले मौद्रिक नीतिपछि सबै क्षेत्र खत्तम भयो भन्ने स्थिति नभएको बताए । उनले एक जना मान्छे सामान्य बिरामी भएर अस्पतालमा गयो भन्दैमा आईसीयूमा हाल्न नहुने बताए । 

Advertisement

मिश्रले उद्योगी, व्यवसायी र बैंकर्सहरुलाई अहिलेको मौद्रिक नीतिलाई नराम्रो तरिकाबाट नहेर्न आग्रह गरे । गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र जटिल बन्दै गएको र श्रीलंकको जस्तो अवस्था सिर्जना हुनसक्ने बताइरहेको बेला मिश्रले भने फरक धारणा राखेका हुन् । 

उनले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रका सुझाव लिएर सुझावको आधारमा नै नीति ल्याएको दाबी गरे । उनले मौद्रिक नीति वर्तमान अर्थतन्त्रमा देखिएको समस्याको सतप्रतिशत समाधान गर्ने सञ्जीवनी बुटी नभएको बताए । मिश्रले अर्थतन्त्र बुझेको विज्ञहरुले सिआरआर अनुपात ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत बनाउँदा राष्ट्र बैंकले मार्न खोज्यो भन्नु बुझेर पनि नबुझेको जस्तो गरेको देखिएको बताए । 

उनले भने, ‘सञ्जीवनी बुटी मौद्रिक नीतिमा सतप्रतिशत निस्कन सक्ने अवस्था छैन् । राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा सबै क्षेत्रका सुझाव लिएका थियौं । अन्तर्राष्ट्रिय रुपमा भएको मूल्यवृद्धि, घरजग्गा कारोबारमा भएको वृद्धिको अवस्थामा अब विश्व बैंकले समेत घट्दै जान्छ भनेको अवस्था थियो । हामीले सबै बुद्धिजीविहरुलाई राखेर सुझाव लिएर ३ प्रतिशतबाट ४ प्रतिशत सिआरआर अनुपात बढाएको भएर मार्न खोजेको हो । भनेर भन्न थालेपछि यो बुझेर पनि नबुझेको जस्तो देखिएको छ ।

Advertisement

Advertisement