९१ हजारलाई पर्ने अभियान लघुवित्तको आईपीओमा २० लाख बढीको आवेदन

Advertisement

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) मा २० लाख ४३ हजार २० जनाले आवेदन दिएका छन् ।  

आईपीओमा आवेदन दिने आज अन्तिम दिन साँझ ५ बजेसम्म आइपीओमा २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपियाँ बराबरको २ करोड ३१ लाख १६ हजार १९० कित्ताका लागि आवेदन परेको हो ।  

Advertisement

साउन १८ गतेदेखि उक्त कम्पनीले आईपीओ निष्काशन गरेको थियो । लघुवित्तले प्रतिशेयर १०० रुपियाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपियाँ बराबरको ९ लाख ७५ हजार कित्ता निष्काशनमा ल्याएको हो ।

लघुवित्तले निष्काशन गरेको कूल ९ लाख ७५ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । 

सर्वसाधारणले बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयरका लागि आवेदन दिने व्यवस्था थियो । उक्त परिमाणको आईपीओ ९१ हजार ३ सय ७५ जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको हो । 

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई इक्राएनपि इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल लघुवित्तको चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पूँजी २५ करोड रुपियाँ पुग्नेछ।

Advertisement

Advertisement