आज (साउन २३)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोवार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल साउन महिनाको २३ गते सोमबार, श्रावण शुक्लपक्षको एकादशी तिथि । आज पुत्रदा एकादशी रहेको छ । त्यसैगरी आज भू–संरक्षण दिवस पनि रहेको छ ।

मेष 
कामहरु अधुरा रहने छन् । मनमा निराशाले सताउने छ । स–सानो विषयलाई पनि अत्यन्त संवेदनशिल रुपमा लिने स्वाभावले गर्दा नकारात्मक असर पर्न जाँदा खिन्नताको मात्रा बढ्न पुग्ने छ । बोली रुखो हुने र प्रभावकारीतामा गिरावट आउने छ । पेशागत र व्यावसायिक जीवन औसत रहने छ । धेरै जोखिम मोलेर अघि बढ्न मल्ने समय देखिँदैन् । शेयर बजार औसत हुने छ । 

Advertisement

वृष
कार्यसफलतामा कमि आउने छ । यात्रामा पनि अवरोधहरुको सामना गर्नुपर्ने छ । धेरै जोखिम भन्दा औसत अवस्थालाई सन्तुलित बनाई राख्न खोज्नु होला । पेशागत जीवनमा आँकलन नगरिएका समस्याहरु देखा पर्ने भएकाले संयमित रहनु होला । स–साना विषयमा जुध्दा जुध्दै उर्जा खेर जाने हुँदा शारीरिक र मानसिक थकानको अनुभुति बढि हुन पुग्ने छ । शेयर बजारबाट भने फाइदा मिल्ने छ । 

मिथुन 
अपेक्षाकृत सफलता प्राप्त हुँदा मनमा फुरुङ्गपना आउने छ । बोली प्रभावकारी हुने छ । भाग्य बलियो रहेका कारण सकारात्मक नतिजाहरु प्राप्त हुने छन् । जसको प्रयोगबाट पेशागत उन्नतिमा मद्धत पुग्ने छ । आफ्नो पेशाप्रति समर्पित हुन मन लाग्ने छ । आम्दानीमा झिनो बृद्धि देखा पर्ने छ । शेयर बजारबाट पनि फाइदा मिल्ने छ । 

कर्कट
स्वास्थ्यमा समस्या आउने छ । धैर्य भएर कदमहरु चाल्नु पर्ने समय रहेको छ । पेशागत क्षेत्रमा विभिन्न उचारचढावको सामना गर्नु पर्ने भएकाले संयमित भई पाइला चाल्नु होला । साझेदारीमा गरिएका कामहरुमा पनि बिबाद उत्पन्न हुन जाने छ । लक्ष्य प्राप्तिमा केन्द्रीत हुन खोज्ने स्वाभाव भने निरन्तर रहने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

सिंह
शारीरिक चोटपटक लाग्ने चुनौ छ । स्वास्थ्यमा पनि असन्तुलन पैदा हुँदा मनोबल कमजोर बन्ने छ । मनोबलमा पनि गिरावट आउने हुँदा दृढताको अभाव हुने छ । पेशागत जीवनमा पनि अस्थिरता उत्पन्न हुन पुग्ने छ । बोली प्रभावकारी नहुने भएकाले बोलीको प्रयोग संयमित भएर गर्ने तर्फ ध्यान दिनु होला । शेयर बजारमा गुमाउनु पर्ने छ । 

कन्या
उत्साह र उमङ्गमा बृद्धि हुने छ । बोलीको प्रभावकारीतामा कमि आउने छ । तर परिवारका सदस्यहरु बीच बादबिबाद र तनाव देखा पर्ने छ । पैतृक सम्पत्तिका विषयमा असमझदारी र उल्झन व्योहर्नु पर्ने छ । आत्मबलले भरिएको व्यक्तित्व हुने छ । पेशागत क्षेत्र औसत अवस्थामा रहने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । 

तुला
मित्रहरुसँग अनावश्यक बादबिबाद र तनावमा फस्ने समय छ । यात्राका विषयमा अवरोधहरु उत्पन्न हुन पुग्ने छ । दृढ खालको व्यक्तित्व हुँदाहुँदै पनि आक्रोशले भरिएको व्यक्तित्व हुने हुँदा व्यक्तित्वमा ह्रास आउने छ । भाग्यको बलियो साथ रहेकाले पेशागत जीवनमा लाभ मिल्ने छ । कमाईमा बृद्धि हुने छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ । 

वृश्चिक
अकस्मात स्वास्थ्यमा समस्या देखिने छ । मानसिक रुपमा पनि तनाव झेल्नु पर्ने छ । बोलीमा कडापना हुने भएकाले संयमित रहनु होला । पैतृक सम्पत्तिका विषयमा झैझगडा उत्पन्न हुने छ । पेशागत जीवन भने सकारात्मक रहने छ । आम्दानीमा थोरै भए पनि बृद्धि हुने छ । शेयर बजारबाट फाइदा प्राप्त हुने छ । 

धनु 
ठुलाबडाको विश्वास सजिलै पाउन सकिने छ । बोली प्रभावकारी हुने भएकाले चाहेका कामहरु अघि बढाउन मद्धत पुग्ने छ । तर भाग्यको बलियो साथ नरहेकाले कतिपय स–साना जस्ता लाग्ने र छिट्टै अघि बढ्ने आँकलन भएका विषयमा उल्झनहरु देखा पर्ने छ । आम्दानीमा हल्का हल्का बृद्धि हुने छ । पेशागत क्षेत्रमा अस्थिरताको संकेतहरु देखा पर्ने हुँदा धेरै जोखिमपूर्ण कदम नउठाउनु ठिक हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । 

मकर 
व्यक्तित्वमा बौद्धिकता झल्कने हुँदा अरु प्रभावित हुने छन् । सामाजिक सम्मान प्राप्त हुने छ । तर आफ्नो मनमा भने निकै दुविधाले सताई रहने छ । प्रतिष्पर्धात्मक क्षमतामा कमि आउने छ । जसले गर्दा बुझ्दा बुझ्दै पनि जुध्नु पर्ने विषयमा जुध्ने तागत आउने छैन् । पेशागत र व्यावसायिक जीवनमा धैर्यतापूर्वक पाइला चाल्नु होला । शेयर बजारबाट लाभ मिल्ने छ । 

कुम्भ 
प्रभावशाली व्यक्तित्व बन्ने छ । आँटिलो खालको व्यक्तित्व बन्ने छ । तर रिस नियन्त्रणमा ध्यान नदिए उक्त क्षमता प्रतिकुल नतिजा हुने छ । कमाईका विषयलाई लिएर मनमा चिन्ता र भय पैदा हुन पुग्ने छ । पेशागत जीवन औसत प्रकृतिको रहने देखिन्छ । पेशागत र व्यावसायिक कार्यका लागि धेरै जोखिम नमोल्नु उपयुक्त हुने छ । शेयर बजारबाट आंशिक लाभ मिल्ने छ । 

मीन
बन्नबन्न खोजेका काममा अकस्मात उल्झन आइलाग्ने छ । धेरै जोखिम भन्दा भई रहेका कामहरुलाई धान्ने तर्फ शक्ति केन्द्रीत गर्नु उपयुक्त हुने छ । मनमा दुविधा र अन्योलताले सताउने छ । साझेदारीमा गरिएका कामहरुबाट शुभ परिणामहरु प्राप्त हुने छ । पेशागत जीवनबाट पनि केही सकारात्मक नतिजाहरु देखा पर्दा मनमा सन्तोष मिल्ने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement