बिजुली बिक्री बढेपछि सानिमा माइ हाइड्रो पावरको नाफा २० प्रतिशतले बढ्यो

Advertisement

काठमाडौं । गत आर्थिक वर्षमा सानिमा माइ हाइड्रोपावरको खुद नाफा २० प्रतिशतले बढेको छ। चौथो त्रैमाससम्मको वित्तीय प्रतिवेदनअनुसार हाइड्रोपावरले ५४ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो  आर्थिक वर्षको सोही अवधिमा यस्तो नाफा ४५ करोड रुपैयाँ थियो । 

बिजुली बिक्री बढेपछि कम्पनीको नाफा पनि बढेको हो । विद्युत् बिक्रीबापत कम्पनीले ९३ करोड रुपैयाँ आम्दानी गरेको छ। यस्तो आम्दानीसँगै प्लान्ट सञ्चालन  खर्च भने बढेको छ । कम्पनीले ८ करोड ९३ लाख रुपैयाँ खर्च गरेको छ। 

Advertisement

कम्पनीको प्रति शेयर आम्दानी (ईपीएस) १७.५० रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १४.५७ रुपैयाँ थियो । नेट वर्थ प्रति शेयर घटेको छ। 

Advertisement

Advertisement