एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

Advertisement

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थपिएको छ। बैंकले भदौ १ गतेसम्म म्याद थप भएको छ। सोमबार एक सूचना जारी गर्दै समय थप भएको बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जानकारी गराएको हो । 

बैंकले ६ वर्षे अवधिको वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर रहेको 'एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५' नामको ऋणपत्र बिक्री गरेको हो। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ताले हुन आउने  २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्रीमा ल्याएको छ। कुल कित्ता ऋणपत्रमध्ये बैंकले ६० प्रतिशत अर्थात १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्नेछ । बाँकी ४० प्रतिशत अर्थात ८ लाख कित्ता ऋणपत्र भने सामूहिक लगानीकोष सहित सर्वसाधारणमा विक्री गरिनेछ । सामूहिक लगानीकोषका लागि ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र छुट्याएर बाकी ७ लाख ६० हजार कित्ता ऋणपत्र भने सर्वसाधारणका लागि निष्कासन गरेको हो 

Advertisement

बैंकको ऋणपत्र निष्कासनका लागि गराईएको रेटिङ्गमा केयर रेटिङ नेपालले न्यून कर्जा जोखिमको संकेत गर्ने केयर एनपी डबल ए माईनस रेटिङ प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थालाई समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा प्रयाप्त मात्रामा सुरक्षित मानिने केयर रेटिङ्ग नेपालले जनाएको छ । उक्त ऋणपत्रमा विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट सि आस्बा सेवाका लागि अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट यो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर वेवसाइट र एप मार्फत पनि यो ऋणपत्र खरीद गर्न सकिने व्यवस्था छ ।

Advertisement

Advertisement