वैदेशिक सम्वन्धमा गठवन्धन सरकारको उत्ताउलो रवैया मुलुकका लागि महंगो पर्नसक्छः आचार्य

Advertisement

काठमाडौं । पूर्वाधारविद् एवं राजनीतिक विश्लेषक डा. सूर्यराज आचार्यले वैदेशिक सम्बन्धमा गठबन्धन सरकारको उत्ताउलो रवैया मुलकका लागि महँगो पर्नसक्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले शक्तिराष्ट्रबाट उपयोग भएका मुलुक अफगानिस्तान, युक्रेन लगायतको हालत के छ ? हेर्न सुझाव दिँदै भूराजनीतिक दाउपेचका लागि ‘मलिलो भूमि र कमजोर राज्य भएको नेपाललाई कुनै पनि शक्तिराष्ट्रले माया नगर्ने बताएका छन् । 

Advertisement

आचार्य लेख्छन्, ‘भूराजनीतिक दाउपेचका लागि ‘मलिलो भूमीु र कमजोर राज्य भएको नेपाललाई कुनै पनि शक्तिराष्ट्रले माया गर्दैनन्, उपयोग गर्छन् । शक्तिराष्ट्रबाट उपयोग भएका मुलुक अफगानिस्तान, युक्रेन लगायतको हालत के छ, प्रष्टै छ। वैदेशिक सम्बन्धमा गठबन्धन सरकारको उत्ताउलो रवैया मुलकका लागि महँगो पर्नसक्छ ।’

Advertisement

Advertisement