मट्टीतेल कहाँ पाइन्छ ? डिलरविरुद्ध गुनासो बढेपछि तात्यो निगम, लाइसेन्स खारेज गर्ने चेतावनी

Advertisement

काठमाडौं । कुनै समय नेपालमा मट्टीतेल र डिजेल र मट्टीतेलको मूल्यमा फरक हुँदा डिजेलमा मट्टीतेल मिसाइन्थ्यो। मट्टीतेल सस्तो हुने भएकाले व्यापारीहरूले डिजेलमा मट्टीतेल मिसाउने गर्थे। मध्यमवर्गीय परिवार र निम्न आय भएको परिवारले मट्टीतेल नै बढी प्रयोग गर्दथ्यो, प्रत्येक घरमा बत्ती बाल्न मट्टीतेल नै चाहिन्थ्यो। खाना पकाउने एलपीजीको प्रयोग खासै नहुँदा मट्टीतेलले चल्ने स्टोभको प्रयोग बढी हुन्थ्यो ।

सर्वसाधारणले उपभोग गर्ने पदार्थ भएकाले राहतका रूपमा मट्टीतेल सस्तो थियो । तर, खाना पकाउन ग्यासको प्रयोग र बत्ती बाल्न बिजुलीको प्रयोग क्रमशः बढ्दै गएपछि मट्टीतेलको उपभोग घट्दै गयो। तर नेपाल आयल निगमले बिक्री गर्ने मात्रा भने घटेन। कारण थियो सस्तो मट्टीतेल किनेर महँगो डिजेलमा मिसाउने र नाफा बढी लिने।

Advertisement

त्यसपछि डिजेलको गुणस्तरीयता जोगाउने उपाय अपनाइयो– डिजेल र मट्टीतेलको भाउ एउटै बनाउने । त्यसो गर्नासाथ मट्टीतेलको माग अकस्मात घट्यो, अहिले मट्टीतेल भण्डारण गर्ने ठाउँलाई परिवर्तन गरी पेट्रोल वा डिजेल राख्ने बनाइयो । 

अहिले बजारमा सितिमिति मट्टितेल पाइँदैन । धेरैलाई मट्टीतेलको बिक्रेताबारे समेत जानकारी छैन । नेपाल आयल निगमले मापदण्ड तथा भौतिक पूर्वाधार पूरा गरेपछि मट्टीतेल बिक्रीको प्रमाणपत्र दिन्छ । तर बिक्री स्थलबारे उपभोक्तालाई थाहा नहुने गुनासो आएपछि बिक्रेताहरूलाई निगमले हाजिर हुन बोलाएको छ। निगमले ३५ दिनभित्र मापदण्ड पूरा गरेको जानकारी र प्रमाणसहित उपस्थित हुन सूचना जारी गरेको छ। मापदण्ड पूरा नगर्नेको प्रमाणपत्र समेत खारेज हुने निगमले जानकारी दिएको छ। 

Advertisement

Advertisement