खल्तीबाट रु. ५० मै १ लाख ३५ हजारको ‘वान प्लस १० प्रो’ पाइने

Advertisement

काठमाडौँ । खल्ती डिजिटल वालेटले मात्र रू. ५० मा  रू.१,३५,००० बराबरको ‘वान प्लस १० प्रो’ जित्ने अफर फेरी पनि ल्याएको छ । यसका सथै हरेक दिन एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्ने मौका पनि पाउनेछन् । 

प्रयोगकर्ताहरुले यस अफरमा सहभागी हुनका लागि खल्ती एपको ‘फिचर्ड सर्भिसेस’मा गएर ‘खल्ती मा वान प्लस १० प्रो’ आईकन बाट रू. ५० को रिचार्ज गर्नु पर्नेछ । आफ्नो जित्ने सम्भावना बढाउन  प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन्। सहभागी मध्ये अफरको अन्त्यमा एक जना भाग्यशाली बिजेताले बम्पर उपहार स्वरूप ‘वान प्लस १० प्रो’ प्राप्त गर्नेछन् । साथै दैनिक एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स जित्नेछन् ।  

Advertisement

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘धेरै प्रयोगकर्ताले मनपराउनु भएको अफर “खल्ती मा वान प्लस १० प्रो” लिएर हामी पुनः उपस्थित भएका छौं । यस अफर मार्फत् सरल तरिकाले हामीले धेरै प्रयोगकर्तालाई डिजिटल पेमेन्ट प्रति आकर्षित गर्न सफल भएका कारणले हामीले फेरी यो अफर सबै माझ ल्याएका हौं ।’ 

अफरमा सहभागी हुन भने केवाईसी भेरिफाइड अनिवार्य छ । केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन् ।

यो अफर साउन २२ देखि असोज ६सम्म लागु हुने कम्पनीले जनाएको छ । ‘खल्ती मा वान प्लस १० प्रो’ को बिजेताको घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक लाइभमा लक्की ड्र मार्फत गरिनेछ ।

यसका साथै ‘खल्ती’को अर्को ठूलो अफर जस मध्ये खल्ती मार्फत फ्लाईट बुकिङ्ग गरेका भाग्यशाली बिजेतालाई रु. १ मा फ्लाईट टिकट र ‘आईफोन १३’ जित्ने मौका पनि प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement