पोखरेलको सक्रियतामा अस्ट्रेलियाको सिड्नीमा विपि विचार संग्रह केन्द्रको शाखा गठन

Advertisement

काठमाडौँ । विपि संग्रहालयका संस्थापक अध्यक्ष, नेपाली काँग्रेसका नेता तथा समाजसेवी परशुराम पोखरेलको सक्रियतामा अस्ट्रेलियाको सिड्नीमा विपि विचार संग्रह केन्द्रको शाखा गठन गरिएको छ ।

केन्द्रका अध्यक्षमा उज्ज्वल ढकाल, सचिवमा निशाला ढकाल, कोषाध्यक्षमा  इश्वर खड्का र सदस्यहरुमा नविन घले र आविष्कार रिमाल रहेका छन् । 

Advertisement

जननेता विपिको ४१औँ स्मृति दिवसको अवसर पारेर सिड्नीमा विपि विचार संग्रह केन्द्रको शाखा गठन गरिएको हो । 

सो कार्यक्रमका प्रमुख अथिति पोखरेलले विपिको योगदानका बारेमा चर्चा गर्दै युवा पुस्तामा महत्व किन छ भन्दै प्रस्ट पारे ।  विपिको योगदानलाई स्मरण गर्दै जापान, सिंगापुर, भारत जस्ता देशहरुमा पनि शाखा बिस्तार गरी उहाँलाई विश्वस्तरमा फैलाइएको पोखरेलले बताए । 

Advertisement

Advertisement