नेपाल पुनर्बीमाले दुई अर्ब पुँजी बढाइसक्यो, आवश्यक परे दोब्बर बनाउन तयार छौंः सीईओ रायमाझी

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर रायमाझीले बीमा समितिले चाहेमा आफूहरु कम्पनीको पुँजी बढाउन तयार रहेको बताउँदै त्यसँगै व्यवसाय बढाउनु पहिलो प्राथमिकता रहेको बताएका छन् । 

कर्पोरेट नेपालसँगको कुराकानीमा उनले केही हदसम्म कम्पनी पूँजी बढ्र्दै गएको औंल्याउँदै उनले भने, चुक्ता पूँजी बढाउने भन्ने कुरा साह्रै राम्रो कुरा हो । म पुँजी बढोस भन्नै नै चाहान्छु । झट्ट हेर्दा पूँजी बढाउने कुरा अहिले असम्भव जस्तो देखिए पनि हामीले असम्भवलाई सम्भव बनाउने प्रयास गर्नुपर्छ ।’ 

Advertisement

रायमाझीले थपे, ‘हामी हाम्रो व्यवसाय पनि वृद्धि गर्छौं । आवश्यक परे पुँजी पनि बढाउँछौं । नियामक बीमा समिति, अर्थ मन्त्रालयले आवश्यक ठाने अन्य कम्पनीहरुको पूँजी बढाएको छ भने नेपाल पुनर्बीमा कम्पनीले पनि आफ्नो पूँजी बढाउने छ ।’ बीमा समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको पूँजी वृद्धि गरेसँगै पुनर्बीमा कम्पनीको पनि पूँजी पनि बढाएर दोब्बर बनाउने भित्री तयारी गर्दैछ । 

सीईओ रायमाझीले बीमा व्यवसाय नेपालमा मात्र नभई विश्वभरी गर्ने व्यवसाय भएकाले व्यवसाय विस्तारलाई नै सशक्त बढाउन आफूहरुले जोड दिने बताउँदै आफ्नो प्रतिस्पर्धीका रुपमा थपिएको निजी क्षेत्रको हिमालयन पुनर्बीमा कम्पनीलाई स्वागत गर्ने बताए । 

उनी भन्छन्, ‘पूँजी थप्ने कुरा बीमा समितिका अध्यक्षबाट नै पटक पटक आईरहेको छ । जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीको पाँच अर्ब र साढे दुई अर्ब कायम गरिएको छ । हाम्रो चुक्ता पूँजी पहिला १० अर्ब थियो । अर्को कम्पनीले पनि १० अर्बमा नै लाइसेन्स पाएको छ । अहिले हाम्रो कुरा गर्दा पूँजी ११ अर्ब ६५ करोड रुपियाँ पुगेको छ । आउने साधारण सभाबाट यो पूँजी १२ अर्ब २३ करोड ५० लाख रुपियाँ पुग्छ । त्यो भन्दा बाँकी रहेको रकमका लागि हामीले पनि अध्ययन गरिरहेका छौं ।’

नेपाल पुनर्बीमा कम्पनी सरकारकै शेयर संरचना रहेको कम्पनी भएकाले पुँजी बढाएर ठूलो बनाउने कुरामा आफू एकदमै सकारात्मक रहेको प्रतिक्रिया दिए । हिमालयन पुनर्बीमा कम्पनीका सञ्चालक सुलभ अग्रवाल भने फोन उठाएनन् । 

Advertisement

Advertisement