सयपत्री हाइड्रोको आईपीओ मंगलबार बिहान बाँडफाँट हुने

Advertisement

काठमाडौँ । सयपत्री हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) मंगलबार बिहान बाँडफाँट हुने भएको छ । 

बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलका अनुसार  आईपीओ मंगलबार बिहान १० बजे बाँडफाँट गर्ने तयारी गरिएको हो । 

Advertisement

कम्पनीले साउन १३ गतेदेखि १७ गतेसम्म निष्काशन खुला गरेको आईपीओमा १५ लाख २३ हजार ७ सय ३ जनाको आवेदन परेको छ । आईपीओका लागि १ अर्ब ७२ करोड ४५ लाख ८ हजार रुपियाँ बराबरको आवेदन परेको हो । 

कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १ लाख २१ हजार ६० कित्तासमेत थप गरी कूल ७ लाख २१ हजार ६० कित्ता सेयर निष्काशन गरेको हो । 

कूल निष्काशन मध्ये ३६ हजार ५३ कित्ता सामुहिक लगानी कोष र १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको ६ लाख ७० हजार ५ सय ८३ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने व्यवस्था रहेको थियो ।

सर्वसाधारणका लागि छुट्याइएको शेयर ६७ हजार ५५ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ताका दरले पाउने छन् । 

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

Advertisement

Advertisement