नर्भिकले सरकारी जग्गामा अनधिकृतरुपमा निर्माण गरेका घर टहरा भत्काउन बालेनको निर्देशन

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले थापाथलीस्थित नर्भिक अस्पतालले अतिक्रमण गरेको सरकारी जग्गामा निर्माण गरेको संरचना भत्काउन निर्देशन दिएका छन् । 

नर्भिक अस्पतालले अतिक्रमण गरेको एक रोपनी आठ आनामा सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएका हुन् । सरकारी जग्गा प्राप्त गर्न मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने नियम भए पनि व्यवसायी वसन्त चौधरीको उक्त अस्पतालले भने दुई दशकदेखि उक्त जग्गामा गैरकानुनीरुपमा संरचना बनाएर उपयोग गर्दै आएको थियो । 

Advertisement

काठमाडौं महानगरपालिकाले घर टहरा हटाउन अस्पताललाई निर्देशन दिँदै नहटाए नियमअनुसार कारबाही गर्ने चेतावनी दिएको हो । व्यवसायी वसन्त चौधरीको यो अस्पताल नेपालको निकै महंगो अस्पतालमध्ये एक हो । 

Advertisement

Advertisement