तलब वृद्धि असमान भएको भन्दै नासु र खरिदारहरुले गरे अर्थ मन्त्रालयमै धर्ना

Advertisement

काठमाडौं । असमान ढंगले कर्मचारीको तलव बढाएको भन्दै नासु (नायव सुब्बा) र खरिदारहरुले अर्थ मन्त्रालयमा धर्ना दिएका छन् । 

सोमवार अर्थ मन्त्रालयको मुख्य प्रवेशद्धार अगाडि काठमाडौं, भक्तपुर र ललितपुरका नायव सुब्बा र सोभन्दा तल्लो तहका कर्मचारीहरुले कर्मचारीको तलव समान ढंगले बढाउन माग गर्दै धर्ना दिएका हुन् । 

Advertisement

आईतवार सार्वजनिक भएको तलवमानमा बजेटको घोषणाविपरीत तलव बढाइएको भन्दै नायब सुब्बा र त्यसभन्दा तल्लो तहका कर्मचाहरू आन्दोलनमा उत्रिए । यस विषयमा आन्दोलित कर्मचारी र अर्थमन्त्रालयका अधिकारीहरुबीच छलफल भइरहेको र आफ्ना माग पूरा नगरे भोलिबाट झनै सशक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने आन्दोलित जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायव सुब्बा गोविन्दप्रसाद कोईरालाले बताए । 

उनले सुब्बाभन्दा माथिका कर्मचारी र सुब्बासहित त्यो भन्दा तल्लो स्तरका कर्मचारीको तलवमा असमान वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएको बताए । उनले नासु र खरिदारलाई घृणित र अपमानित व्यवहार गरेको बताए । 

उनीहरुले सरकारले चोर बाटोबाट तलव वृद्धि गरेको भन्दै समान तलव वृद्धिको माग गर्न अर्थमन्त्रालय घेराउ गर्नुपरेको बताए । 
 

Advertisement

Advertisement