नेप्से घट्दा कारोबार रकम भने बढ्यो, २ कम्पनीमा पोजेटिभ सर्किट

Advertisement

काठमाडौँ । साताको पहिलो दिन दोहोरो अंकले घटेको शेयर बजार आज दोस्रो दिन ओरोलो झरे पनि कारोबार रकम भने बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १७.६७ अंकले घटेको हो । ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१०६.१६ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २१४ कम्पनीका ६५ लाख २७ हजार ४ सय १४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ रुपियाँ बराबरको कारोबार भएको हो । 

समग्रमा बजार घटे पनि उत्पादनमूलक समूह ५.४ र म्युचुअल फण्ड ०.०४ अंकले बढेका छन् भने बाँकी समूह राताम्मे भए । आज सबैभन्दा बढी जीवन बीमा समूह १०१.९२ अंकले घटेको हो । 

बजार घटेको दिन पनि २ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गुराँस लघुवित्त र हिमालयन हाइड्रोको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । त्यसैगरी जानकी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.३१ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज पनि शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ७१ लाख ६८ हजार ९ सय ३५.९० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन हिजो आइतबार १०.२७ अंकले बजार बढ्दा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २ सय ३२ रुपियाँ बराबरको कारोबार भएको थियो ।   


 

Advertisement

Advertisement