‘नमस्ते पे’ मा लोट्री प्वाइन्ट्स प्रणालीको सुरुवात

Advertisement

काठमाडौं । ‘नमस्ते पे’ले आपनो  एप मा लोट्री कार्यक्रम ल्याएको छ । 

‘नमस्ते पे’ को लोट्री पे प्रणाली कुनै प्रयोगकर्ताले नमस्ते पे एप प्रयोग गर्दा खर्च गर्ने रकममा आधारित छ ।प्रत्येक प्रयोगकर्ताले हरेक रु. १०० को खर्चमा २ एनपी÷प्वान्ट्स पाउने छन् ।  

Advertisement

प्रत्येक ८ एनपी क्वाइन्स÷प्वान्ट्सको मूल्य रु. १ हुनेछ ।सेवाहरूको प्रयोग गरेको अनुपातमा, प्रयोगकर्ताहरूले एनपी प्वाइन्ट्स संकलन गर्न सक्नेछन् र नमस्ते पे मा उपलब्ध  लोट्री प्वाइन्ट्समा आकर्षक प्रस्तावहरू समावेश छन् । 

जस्तै; NP Coins प्रयोग गरी विभिन्न भ्वाइस/डेटा प्याकहरू र टप-अप redeem गर्नसक्ने , विभिन्न कुपन/अनलाइन शपिङ भाउचरहरू जित्ने मौका, विशेष अवसरहरूमा प्रयोगकर्ताहरूले NP पोइन्टहरूलाई Namaste Paisa वालेट ब्यालेन्सको रूपमा रूपान्तरण गर्न सक्ने, एयरलाइन्स टिकटहरू/होटलहरू/ट्रिपहरू र थप डिजाइन गरिएका अभियानहरूमा समेत प्रयोगकर्ताहरूले  NP Points redeem गर्ने मौका पाउनेछन् ।

Advertisement

Advertisement