वाणिज्य बैंकहरुमा २० दिनमा ९५ अर्ब निक्षेप घट्योः गतसाता कर्जा लगानी २ अर्बले बढ्यो

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा साउन महिनाको २० दिनमा कूल निक्षेप ९५ अर्ब रुपियाँ घट्दा कूल कर्जा लगानी ९ अर्ब रुपियाँ घटेको छ । 

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार साउन महिनाको साता ६३ अर्ब, दोस्रो साता २८ अर्ब र तेस्रो साता (साउन २० गते) सम्म कूल निक्षेप ४ अर्बले घटेर ४४ खर्ब ४६ अर्बमा झरेको हो । 

Advertisement

गत आव आव २०७८÷७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो । 

त्यसैगरी कूल कर्जा लगानी गत साता २ अर्बले बढेर ४१ खर्ब ६६ अर्बमा उक्लिएको छ । साउन महिनाको पहिलो साता कूल लगानी १० अर्ब र दोस्रो साता १ अर्बले घटेको थियो ।   

गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब पुगेको थियो । 

Advertisement

Advertisement