भायानेटको नयाँ शाखा अब परवानीपुर र सिमरामा

Advertisement

काठमाडौँ । भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ साखा विस्तार गरेको छ ।

आफ्नो ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अब परवानीपुर र सिमराका सर्वसाधारण पनि लाभान्वित हुनेछन् । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन् ।

Advertisement

यसै सन्दर्भमा परवानीपुर र सिमरामा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको छ । साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाईफाई डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । 

यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ । भायानेट सिमराको सर्भिस सेन्टर सिमरा बिजनेस सेन्टरको पहिलो तल्लामा खोलिएको छ त्यस्तै परवानीपुर सर्भिस सेन्टर भने परवानीपुर राजमार्ग छेउको निराधान माईक्रोफाइनेन्स नजिक खोलिएको छ ।

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइ. एस. ओ. ९००१ः२०१५ प्रामाणिक कम्पनी हो।

भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ । अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलिभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको जनाएको छ ।


 

Advertisement

Advertisement