कैलालीकी भौनीदेवीले जन्मदिनमा छोरीलाई दिइन १० लाखको बीमा पोलिसी उपहार

Advertisement

काठमाडौं । छोरीको जन्मदिनको अवसरमा कैलालीकी भौनीदेवी चौधरीले जीवन बीमा गरिदिएर उपहार दिएकी छन् । 

गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिना चौधरीको गुराँस लाइफ इन्स्योरेन्स अत्तरिया शाखाबाट १० लाख रुपियाँको गुराँस जीवनश्री सावधिक तथा आजीवन बीमा पोलिसी उपहार दिएकी हुन् ।
 
फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले  जीवन बीमा गराएको चौधरीले बताउँछिन् । उनले फजुल खर्च नगरी बीमामा लगानी गर्न आग्रह पनि गरिन ।

Advertisement

गुँराश लाइफ अत्तरिया शाखाका प्रमुख गजेन्द्र बहादुर भण्डारीले  जन्मदिनको शुभकामना दिँदै आउने दिनहरूमा पनि यसरी बचत हुँदै जाने बताए ।

Advertisement

Advertisement