महालक्ष्मी विकास बैंकको सबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले सबै भन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सार्वजनिक गरेको छ ।

मात्र १० हजार रुपियाँमा मुद्दती खाता खोल्न सकिने ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता‘ मा ७० महिनामै मुद्दती रकमको दुईगुणा रकम भुक्तानी गरिने कुरा बैंकले जनाएको छ ।

Advertisement

महालक्ष्मी विकास बैंकमा जुनसुकै बचत खाता खोल्नु भएका आदरणीय ग्राहक महानुभावहरुले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्नेछन् ।

विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्ध रहिआएको यस बैंकले ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सञ्चालनमा ल्याएको हो । देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement