पश्चिम सेती र सेती–६ भारतीय कम्पनी एनएचपीसीलाई, माथिल्लो कर्णालीलाई सहजीकरण गरिने

Advertisement

काठमाडौं । लगानी बोर्डले पश्चिम सेती तथा सेती नदी जलविद्युत परियोजनाको विकासको सन्दर्भमा भारतको एनएएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको छ । 

सोमवार सिंहदरबारमा बसेको बैठकले पश्चिम सेती तथा सेती नदी– ६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको जनाएको हो । 

Advertisement

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै लगानी बोर्डका सहसचिव अमृत लम्सालले अपर मस्र्याङ्दी दुई हजार ३२७ मेगावाट जलविद्युत परियोजनाको एमओई गरेर यसको सर्वेक्षणको काम अघि बढाउने निर्णय भएको पनि बताए । उनले माथिल्लो कर्णाली जलविद्युत परियोजनाको मन्त्रिपरिषद्बाट भएको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको पनि जानकारी दिए । 

त्यस्तै बोर्डको बैठकले तल्लो अरुण जलविद्युत परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर बाँकी कामहरु डीपीआर लगायतका विभिन्न कामहरु गर्ने निर्णय गरेको छ । 

Advertisement

लम्सालले भने, ‘हामी पश्चिम सेती तथा सेती नदी–६ जलविद्युत परियोजनाको विकासको सन्दर्भमा एनएचपीसी लिमिटेडसँग सहमतिपत्रमा प्रारम्भिक हस्ताक्षर गरेका छौँ । यो सहमतिपत्र गर्ने भन्ने बोर्डले निर्णय गरेको छ । अपर मस्र्याङ्दी दुई हजार ३२७ मेगावाट जलविद्युत परियोजनाको एमओई गरेर यसको सर्वेक्षणको काम अघि बढाउने भन्ने कुरा भयो । माथिल्लो कर्णाली जलविद्युत परियोजनाको मन्त्रिपरिषद्बाट भएको निर्णय अनुसार कार्यान्वयन गर्नलाई सहजीकरण गर्ने सन्दर्भमा लगानी बोर्डलाई अख्तियारी दिइएको छ । तल्लो अरुण जलविद्युत परियोजना सन्दर्भमा अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदनलाई स्वीकारेर गरेर बाँकी कामहरु डीपीआर लगायतका विभिन्न कामहरु गर्नेछ । प्रक्रिया अघि बढाउनेछ । सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेशन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागिरहेका छौँ । त्यसको लागि अवधारणापत्र स्व्ीकृति गरेर कार्यक्रम गरेर अघि बढाउनको लागि लगानी बोर्ड अघि जाने भन्नछ ।’

सहसचिव लम्सालले सस्टेनेबल इन्फेस्ट्रक्चर इनिवेशन समिट फोरम २०२२ सेप्टेम्बर १४ मा गर्न लागिरहेको बताउँदै त्यसको लागि अवधारणापत्र स्वीकृति गरेर कार्यक्रम गरेर अघि बढाउनको लागि लगानी बोर्डले काम थाल्ने बारेमा पनि छलफल भएको बताए । 

Advertisement