दीपक कार्की विदामा बसेपछि हरिकृष्ण कार्की कामू प्रधानन्यायाधीश

Advertisement

काठमाडौं । कामू प्रधानन्यायाधीश दीपक कार्की विदामा बसेपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश हरिकृष्ण कार्कीले कामू प्रधानन्यायाधीशको जिम्मेवारी पाएका छन् । 

प्रधानन्यायाधीश हुने सत्ता गठवन्धनको आश्वासनपछि प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गर्न सक्रिय भूमिका खेले पनि जबराले राजीनामा नदिएपछि कार्की न्यायाधीशबाटै अवकाश हुन लागेका हुन् । 

Advertisement

अवकाशको दिन नजिकिएको बेला कोरोना सक्रमणसमेत भएपछि दीपक कार्की आइतबारबाट विदामा बसेका हुन् । सोही दिनदेखि हरिकृष्ण कार्कीले कामू प्रधानन्यायाधीशको रुपमा भूमिका निर्वाह गर्न थालेका हुन् । नेकपा एमालेनिकट मानिने हरिकृष्ण कार्की यसअघि एमालेकै तर्फबाट नेपाल बार एशोसियशनको अध्यक्षसमेत भएका थिए । पछि उनलाई एमाले नेतृत्वको सरकारले नै न्यायाधीशका लागि सिफारिस गरेको हो । 

Advertisement

Advertisement