आज (साउन २४)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल साउन महिनाको २४ गते मंगलबार, श्रावण शुक्लपक्षको द्वादशी तिथि ।

मेष 
पेशागत जीवनमा समस्या देखा पर्ने छ । शेयर क्षेत्रबाट भने फाइदा प्राप्त हुने छ । बौद्धिकस्तर सक्षम भए पनि सोहि अनुसारको जिम्मेबारी भने प्राप्त नहुँदा निराशाको क्रम आउने छ । कार्यालयमा कामको क्रममा कार्यालयका हाकिमहरुसँग बिबाद आउने भएकाले संयमित रहनु नै उपयुक्त हुने छ ।

Advertisement

वृष
पेशागत जीवनमा अवरोधहरु झेल्दै अघि बढ्नु पर्ने छ । सामाजिक र पेशागत छविमा दाग लाग्ने चुनौति रहेकाले संयमित रही पाइला चाल्नु होला । शेयर क्षेत्र औसत रहने छ । भाग्यहिनताका कारण मनमा पनि हिनता बोध लाग्ने छ । दुविधात्मक व्यक्तित्व हुने छ । 

मिथुन 
पेशागत क्षेत्रमा सोचे जस्तो उन्नति नभए पनि प्रतिकुल पनि हुने छैन् । प्राविधिक क्षेत्रमा आवद्धहरुलाई फाइदा हुने छ । शेयर बजारबाट लाभ मिल्ने छैन् । पारीवारिक जीवनमा कटुता आउने छ । शरीर कमजोर हुँदा मनोबलको अभाव देखा पर्ने छ । पारीवारिक जीवनमा मधुरताको अभाव देखिने छ । 

कर्कट
पेशागत क्षेत्रमा स्थिर रहने छ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा हुने छ । तर आम्दानी भने सोचे जस्तो हुने छैन् । शेयर क्षेत्र अनुकुल बन्न सक्ने छैन् । मनमा तनाब सृजना हुँदा त्यसको प्रभाव पारीवारिक जीवनमा पर्न जाने छ । यात्रामा कठिनाई भोग्नु पर्ने छ ।

सिंह 
पेशागत जीवनमा आफ्ना बोसहरुसँग असमझदारी देखिने छ । कार्यालयका कामहरुमा संयमित रही काम गर्नु होला । शेयर बजारबाट फाइदा मिल्ने छ । बोलीको प्रभाव घट्ने हुँदा अनावश्यक बिबाद तथा तिक्तताको वातावरण उत्पन्न हुन पुग्ने छ । विश्वास गरेका मित्रहरुबाट धोका हुने चुनौति देखिन्छ ।

कन्या
पेशागत जीवन मध्यम प्रकृतिको हुने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । साझेदारीमा गरिएका कामहरुका बिबाद देखा पर्ने छ । त्यसैले संयमित भएर पाइला चाल्नु पर्ने देखिन्छ । धेरै जोखिमपूर्ण बिधामा सक्रियहरुले धैर्यतापूर्वक पाइला चाल्नु पर्ने समय छ । झैझगडाबाट बच्नुहोला ।

तुला
साझेदारीमा गरिएका कामहरुमा आँकलन नै नगरिएका बिबादहरु देखा पर्ने छ । अन्य पेशामा आवद्ध भएकाहरुको हकमा सामान्य रहने छ । शेयर क्षेत्रबाट फाइदा मिल्ने छ । दृढ खालको व्यक्तित्व हुने छ । मनमा उदासिनताका मात्रा हल्का हल्का देखिने छ । परिवारमा शान्तिपूर्ण वातावरण काम रहने छ । 

वृश्चिक
पेशागत जीवनमा उन्नति हुने छ । आम्दानीमा पनि बृद्धि हुने छ । शेयर क्षेत्रबाट भने लाभ हुने छैन् । शारीरिक कमजोरीले सताउने छ । कमजोर खालको व्यक्तित्व हुने हुँदा स–सानो विषयमा अरुले हेप्ने छन् । दाम्पत्य जीवनमा झैझगडाको अवस्था आउने छ । सामाजिक छविमा दाग लाग्ने छ । 

धनु 
पेशागत क्षेत्र सकारात्मक बन्ने छ । विदेश यात्रामा सहजता आउने छ । अरुको विश्वास छिट्टै हासिल गर्न सक्ने तागत उत्पन्न हुने छ । शेयर क्षेत्रबाट फाइदा हुने छ । बोलीको प्रभाव कम हुने छ । बोलीमा रुखोपना र कडापना आउँदा झैझगडाको अवस्था आउने चुनौति देखिन्छ । परिवारका सदस्यहरुबीच सुमधुर समझदारी हुने छ । 

मकर 
पेशागत जीवनमा सकारात्मक उन्नति हुने छ । व्यापार व्यवसायमा संलग्नहरुलाई आर्थिक फाइदा मिल्ने छ । शेयर क्षेत्र भने औसत खालको हुने छ । बोलीको प्रभावकारीपनामा बृद्धि हुने छ । पारीवारिक जीवनमा भने द्वन्दात्मक अवस्था उत्पन्न हुने छ । प्रेममा धोका सहनु पर्ने छ ।

कुम्भ 
बौद्धिक क्षेत्रमा आवद्धहरुलाई पेशागत जीवनमा उन्नति प्राप्त हुने छ । शेयर क्षेत्रबाट पनि फाइदा मिल्ने छ । आम्दानीमा बृद्धि हुने छ । नरम खालको स्वाभाव हुने छ । निर्णय प्रकृयामा भने अलि अन्योलता देखा पर्ने छ । स्वास्थ्यजन्य खर्च बढ्ने छ । शारीरिक व्यायाममा ध्यान दिँदा राम्रो रहने छ । 

मीन
पेशागत जीवन औसत रुपमा अघि बढ्ने छ । सेवा, सामाजिक क्षेत्र तथा हस्पिटालिटी क्षेत्रमा संलग्नहरुलाई फाइदा हुने छ । व्यवसायमा आवद्धहरुको हकमा पनि फाइदा मिल्ने छ । शेयर क्षेत्रबाट भने अपेक्षाकृत लाभ हुने छैन् । बोलीको प्रभावकारीतामा कमि आउँदा अरुको विश्वास आर्जन गर्न मेहनत गर्नु पर्ने छ । निर्णय क्षमतामा ह्रास आउँदा अन्योलता कायम रहने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement