शुभलक्ष्मी कोषमा आवेदन दिने म्याद थपियो

Advertisement

काठमाडौं । शुभ लक्ष्मी कोषले साउन १९ गतेदेखि निष्कासन गरेको ५ करोड इकाईमा आवेदन दिने समय भदौ २ गतेसम्म थपिएको छ । यो लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित कोष हो। कोषले निष्कासन गरेको कुल ५ करोड इकाईमध्ये ७५ लाख इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएकोे छ भने बाँकी न्यूनतम ४ करोड २५ लाख इकाईमध्ये पहिलो चरणमा १ करोड ७५ लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागिएको हो ।

इकाईमा इच्छुक लगानीकर्ताले प्रतिइकाई १० रुपियाँ अंकित मूल्यमा न्यूनतम १०० इकाईदेखि ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । आवेदकले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यो खुलामुखी योजना हो ।
 

Advertisement

Advertisement

Advertisement