भदौ २ बाट बैंक अफ काठमाण्डूको ऋणपत्र आउँदै, १०.५ प्रतिशत ब्याज

Advertisement

काठमाडौं । ग्लोबल आईएमई बैंकसँग मर्जरमा जाने तयारीमा रहेको बैंक अफ काठमाण्डूले भदौ २ गतेबाट ऋणपत्र ल्याउने भएको छ । सात वर्षको अवधिका लागि वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले यसलाई बीओके डिवेञ्चर २०८६ नाम दिएको छ।

न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्ममा आवेदन दिन सकिनेछ । यो अणपत्रको निष्कासन अवधि भदौ ७ गतेसम्म रहेको छ । मागबमोजिम आवेदन नपरेमा यसलाई भदौ १६ गतेसम्म थपिने बैंकले जानकारी दिएको छ। यसको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

Advertisement

Advertisement

Advertisement