नर्भिक अस्पतालको सरकारी जग्गामा निर्मित भौतिक संरचना आज काठमाडौं महानगरले भत्काउने

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज थापाथलीस्थित नर्भिक अस्पतालले अतिक्रमण गरेको सरकारी जग्गामा निर्माण गरेको संरचना भत्काउने भएको छ ।  

काठमाडौँमा मेयर बालेन्द्र साहेले हिजो नर्भिक अस्पतालले अतिक्रमण गरेको एक रोपनी आठ आनामा सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन निर्देशन दिएका थिए । 

Advertisement

उक्त समयभित्र अस्पताल प्रशासनले सरकारी जग्गामा निर्माण गरेको संरचना नभत्काए महानगरले नै भत्काईदिने महानगरका प्रहरी प्रमुख धनपति सापकोटाले बताए । 

सरकारी जग्गा प्राप्त गर्न मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने नियम भए पनि व्यवसायी वसन्त चौधरीको उक्त अस्पतालले भने दुई दशकदेखि उक्त जग्गामा गैरकानुनीरुपमा संरचना बनाएर उपयोग गर्दै आएको छ । 

व्यवसायी वसन्त चौधरीको यो अस्पताल नेपालको निकै महंगो अस्पतालमध्ये एक हो । 

Advertisement

Advertisement