मह अभिनित ‘महापुरुष’मा शिवम् सिमेन्टको सहकार्य

Advertisement

काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टस् बीचमा नेपाली चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रर्वद्धनात्मक क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धताका साथ सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट  केपि रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डिजिएम मार्केटिङका केशव अर्याल उपस्थिति रहेको थियो । त्यस्तै षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविद्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री लगाएत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो ।

Advertisement

उक्त चलचित्र आगामी कात्तिक ११ मा  रिलिज हुन गइरहेको छ । मुख्य कलाकारको रुपमा मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरु रहेका छन् । चलचित्रको लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका हुन् । 

पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसंग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । अतः सोही क्रमको निरन्तरता स्वरुप एक आपसको भरोसालाई मजबुत पार्ने उद्देश्यले शिवम् सिमेन्टले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते, दालभात तरकारी लगाएतका फिल्महरुमा समेत सहकार्य गरेको थियो । 

जसबाट दुबै पक्षलाई एक–आपसको प्रर्बद्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको थियो । सोही क्रमको निरन्तरता स्वरुप आज शिवम् सिमेन्ट र षड्कोण आर्टस् बिच मह अभिनित महापुरुष चलचित्रमा पनि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको हो । 

उक्त कार्यक्रममा षड्कोण आर्ट्का तर्फबाट निर्देशक भट्टराईले शिवम् सिमेन्ट जस्तो अग्रणी ब्राण्डसंग सहर्काय गरी चलचित्र निर्माण एवम् प्रबद्र्धनमा थप टेवा पुग्नुका साथै अन्य ब्राण्डलाई समेत सहकार्य गर्न हौसला मिलेको बताए । साथै यसरी विभिन्न ब्राण्डहरुले चलचित्र क्षेत्रमा सहकार्य गर्नु सकारात्मक भएको बताउदै शिवम् सिमेन्ट प्रति आभार व्यक्त गरे । 

शिवम् सिमेन्ट लिमिटेडले आफुप्रतिको भरोसालाई मजबुत पार्दै विभिन्न क्षेत्रहरमा जस्तै, शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । 
 

Advertisement

Advertisement