पार्टीका स्थानीय कार्यकर्ताले फोहोरका गाडी तोडफोड गरेपछि बालेन भन्छन्– अब चुप लागिन्न

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा नयाँ किसिमबाट व्यवधान सिर्जना गर्ने प्रयास भइरहेको बताएका छन् । 

गए राति प्रभावित क्षेत्रका स्थानीय पार्टी कार्यकर्ताहरुले फोहोर बोकेका गाडीहरुमा तोडफोड गरेको घटनापछि शाहले सोमबार प्रतिक्रिया जनाउँदै असन्तुष्टि पोखेका हुन् । 

Advertisement

उनले भनेका छन्, ‘फोहोर व्यवस्थापनप्रति हामी सुरुवातदेखि नै संवेदनशील र क्रियाशिल छौँ । यो हाम्रो पहिलो प्राथमिकताको कुरा हो । बर्षौँदेखि अव्यवस्थित भएको फोहोरलाई व्यवस्थित गर्दा चरणबद्धरुपमा नयाँ नयाँ किसिमका व्यवधान ल्याइने प्रयास भइरहेको छ ।’

गए रातीको घट्ना फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिने पछिल्लो चलखेल भएको भन्दै बालेन शाहले भनेका छन्, ‘यसै क्रममा हिजो राती फोहोर व्यवस्थापनमा प्रयोग हुने साधनहरुको तोडफोड भएको छ । फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन गरिएको पछिल्लो चलखेलका रुपमा हामीले यसलाई लिएका छौँ ।’

उनले कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो भन्दै कानुनबमोजिम अपराधिलाई कारवाही हुने बताएका छन् । बालेनले भनेका छन्, कानुनीरुपमा पनि फोहोर बोक्ने साधनहरुको तोडफोड जघन्य अपराध हो । कानुनबमोजिम अपराधीहरुलाई कडाभन्दा कडा कारबाही हुनै पर्छ भन्नेमा महानगर स्पष्ट छ । तोडफोड गर्नेहरुबाट नै यसको भरपाइ तथा क्षतिपूर्ति गराउनु पर्छ । यसका लागि महानगरले सम्बन्धित संयन्त्र तथा निकायहरुसँग समन्वय गरिरहेको छ ।’

केही व्यक्ति र समूहको स्वार्थ पूर्तिका लागि लाखौं नागरिक तथा २१ वटा पालिकाको फोहोर असरल्ल पार्न सकिन्न भन्दै उनले विभिन्न बहानामा फोहोर व्यवस्थापनमा अबरोध गर्ने प्रयास कसैले पनि नगरौँ भनी आग्रह गरेका छन् । 

Advertisement

Advertisement