शेयर बजार उच्च अंकले घट्योः सबै समूह राताम्मे, २ अर्ब ८१ करोडको कारोबार

Advertisement

काठमाडौँ । शेयर बजार उच्च अंकले घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४५.४२ अंकले घटेको हो । २.१६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०६०.७३ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २२२ कम्पनीका ६६ लाख ४६ हजार ३६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८१ करोड ५१ लख ४४ हजार ५ सय ९८ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार ह्वात्तै घटेको दिन सबै समूह राताम्मे भएका छन् । आज सबैभन्दा बढी लघुवित्त समूह १२५.९७ अंकले घटेको हो । 

नेप्सेका अनुसार आज सबैभन्दा बढी हिमालयन हाइड्रोको शेयर ९.९७ प्रतिशतले बढेको छ भने गणपति लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ७.२७ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नागरिक लगानी कोषको आज उच्च कारोबार भएको छ । उक्त कम्पनीको १५ करोड १० लाख ९७ हजार ७ सय ६६.९० रुपियाँ बराबरको कारोबार भएको हो । 

साताको पहिलो दिन आइतबार १०.२७ अंकले बजार बढ्दा २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २ सय ३२ रुपियाँ र हिजो सोमबार १७.६७ अंकले बजार घट्दा २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९ सय ६१ रुपियाँ बराबरको कारोबार भएको थियो ।   

Advertisement

Advertisement