सात वटा बाल अस्पताल बनाउन जीवन बीमक संघद्धारा रु. ७० लाख सहयोग

Advertisement

काठमाडौं । जीवन बीमक संघबाट दुई संस्थाले ७० लाख रुपियाँ सहयोग पाएका छन् । उक्त रकम सामाजिक उत्तरदायित्व स्वरुप काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थ र समता एजुकेसन ट्रस्टलाई प्रदान गरिएको हो ।

काठमाडौं इन्ष्टिच्युट अफ चाइल्ड हेल्थका डा. भगवान कोईरालालाई ४० लाख रुपियाँ तथा समता एजुकेसन ट्रष्टका निर्देशक दीपक सञ्जेललाई ३० लाख रुपियाँ दिइएको जीवन बीमक संघले जानकारी दिएको छ ।

Advertisement

बाल अस्पताल बनाउन तथा स्वास्थ्य शिक्षाको पहुँच सबल बनाउन उक्त रकम हस्तान्तरण गरिएको जनाइएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य सिलवाल, जीवन बीमक संघका अध्यक्ष निर्मलकाजी श्रेष्ठ तथा जीवन बीमक संघका उपाध्यक्ष पोषकराज पौडेल उपस्थित थिए । देशका विभिन्न सात स्थानमा बाल अस्पताल बनाउने उद्देश्य रहेको कार्यक्रममा जानकारी दिइयो ।

Advertisement

Advertisement