सान्जेन जलविद्युत कम्पनी साढे ३६ करोडको आईपीओ भदौ ५ गतेदेखि

Advertisement

काठमाडौँ । सान्जेन जलविद्युत कम्पनीले भदौ ५ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावितहरुका लागि ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो  ।

आईपिओमा छिटोमा भदौ १९ गतेसम्म र सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सकिने छ । 

Advertisement

बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं ५ चिलिमे (साविक चिलिमे गाविस), प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका वडा नं ४ गोल्जुङ (साविक गोल्जुङ गाविस), सामान्य प्रमावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु –१,२,३ (साविक गत्लाङ गाविस र हाक गाविस) तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुले यस आईपिओका लागि आवेदन दिन सक्ने छन् ।  

आईपिओमा न्यूनतम १० कित्ता र अधिकतम ७ सय कित्तासम्मको लागि दिन सकिने छ । शेयर निष्काशनको लागि नागरिक लगानी कोष बिक्री प्रबन्धक तथा सनराइज र एनएमबी क्यापिटल सह बिक्री प्रबन्धक रहेका छन् ।

कम्पनीले यसअघि नै सर्वसाधारणलाई आईपिओ निष्काशन गरिसकेको छ । सान्जेनले  ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको  जनाएको छ । 

Advertisement

Advertisement