श्रृजनशील लघुवित्त वित्तीय संस्थाले ३ करोड ९३ लाख रुपियाँको आईपीओ निष्काशन गर्ने

Advertisement

काठमाडौँ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले ३ करोड ९३ लाख ७५ हजार रूपियाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । 

आईपीओ निष्काशनका लागि कम्पनीले साउन १८ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको हो ।

Advertisement

सेबोनबाट अनुमति पाएसँगै कम्पनीले प्रतिकित्ता १०० रूपियाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपियाँ बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन लागि प्रक्रिया अघि बढाउने भएको छ । 

कम्पनीले आईपीओ निष्काशनका लागि यसअघि नै सनराईज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । 

Advertisement

Advertisement