प्रभु बैंकका ग्राहकलाई त्रिशुली रिभर साइड रिर्सोटमा १० प्रतिशत छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । प्रभु बैंक लिमिटेड र त्रिशुली रिभर साइड रिर्सोटबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

उक्त सम्झौतामा बैंकका तर्फबाट गजुरी शाखा कार्यालय प्रमुख दीपक सिम्खडा र त्रिशुली रिभर साइड रिर्सोटका तर्फबाट प्रोप्राइटर उद्धब कंडेलले हस्ताक्षर गरेका छन् ।

Advertisement

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहकहरुले त्रिशुली रिभर साइड रिर्सोटद्धारा सञ्चालित फुड, वेभरेज र लजिङ  सेवामा साउन २५ गते देखि १० प्रतिशत छुट पाउने छन् ।  

सुविधा लिन चाहने बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा रिर्सोटका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 
 

Advertisement

Advertisement