हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने, ओपन रेञ्ज कति ?

Advertisement

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी नामको २ करोड २३ लाख ९९ हजार ३ सय ६७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । 

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच एकआपसमा गाभिंदा १ः०.८५ को अनुपातमा कायम हुन आएको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका नाममा नेप्सेमा सूचीकृत शेयर भोलि बुधबारदेखि कारोबार हुने नेप्सेले जनाएको छ । कारोबारका लागि रु. ५१०.४८ ओपन रेञ्ज निर्धारण गरिएको छ ।  
 

Advertisement

Advertisement