प्रभु बैंकका ग्राहकलाई लोकहित डेन्टल हस्पिटलमा १० प्रतिशत छुट

Advertisement

काठमाडौँ । प्रभु बैंक र लोकहित डेन्टल हस्पिटल प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

उक्त सम्झौतामा बैंकका डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र त्रिशुली लोकहित डेन्टलका अध्यक्ष डा.गणेश साहले हस्ताक्षर गरेका छन् ।

Advertisement

सम्झौता अनुसार बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले लोकहित डेन्टललद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । यद्यपि बिल रकम रु ५०० भन्दा कम भएमा छुट प्रदान हुँदैन ।

सुविधा लिन चाहने ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटलका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । 
 

Advertisement

Advertisement