ग्लोबल आइएमई बैंकका ग्राहकले माया मेट्रो अस्पतालमा १५ प्रतिशतसम्म छुट पाउने

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई बैंक र  धनगढीमा रहेको माया मेट्रो अस्पतालबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । 

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् । 

Advertisement

माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकहरुले बैंकको डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड वा बैंकको परिचय पत्र पेश गर्नु पर्नेछ । 
आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरुसंग यस्ता सम्झौताहरु गरी समय सापेक्ष अनुरुप ग्राहकहरुलाई लाभान्वित गर्दै आएको छ ।

मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ३० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको जनाएको छ । 
 

Advertisement

Advertisement