क्रिमियाको रुसी हवाई अखडामा ठूलो विस्फोट, क्रिमिया स्वतन्त्र नभएसम्म युद्ध रोक्किनः जेलेन्स्की

Advertisement

एजेन्सी । क्राइमियाको एक रुसी सैन्य अखडामा बुधबार विशाल विस्फोट भएको छ । युक्रेनी राष्ट्रपति राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विस्फोटनमा युक्रेन जिम्मेवार नरहेको बताए पनि क्रिमियाको स्वतन्त्रतापछि मात्रै रुस–युक्रेन युद्ध सकिने बताएका छन्।

‘क्रिमिया युक्रेन हो र हामी यसलाई त्याग्न सक्दैनौँ भन्दै उनले  युद्ध क्रिमियाबाटै सुरु भएको र यसको अन्त्य पनि क्रिमियाको स्वतन्त्रतासँगै हुनुपर्छ भने । युद्धको समाप्तिअघि क्रिमिया पनि युक्रेनले फिर्ता लिने जेलेन्स्कीले बताए । 

Advertisement

विस्फोटमा एक जनाको मात्रै मृत्यु भएको रुसले दावी गरे पनि दर्जनौंको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । क्रिमियाको पश्चिमी तटमा रहेको सैन्य अखडामा भएको विस्फोटपछि रुससी रक्षा मन्त्रालयले गोलाबारुद विस्फोट भएको दावी गरेको थियो । घटना कसरी हुनगयो ? भन्ने कुरा भने खुल्न सकेको छैन् । 

विस्फोटनको ठूलो आवाजपछि गैरसैनिक मानिस र पर्यटकहरुको समेत भागाभाग भएको थियो । कम्तिमा १२ पटक भएको उक्त विस्फोटपछि उक्त क्षेत्रभन्दा पाँच किलोमिटर आसपाससम्म प्रवेश निषेध गरिएको छ।

Advertisement

Advertisement