प्राप्ति सम्झौता गरेका दुई वाणिज्य बैंक नाफा बढाउनेमा पहिलो र दोस्रो, यस्तो छ वित्तीय अवस्था

Advertisement

काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार नाफा बढाउने मध्ये प्राप्ति सम्बन्धी सम्झौता गरेका दुई वाणिज्य बैंक पहिलो र दोस्रो स्थानमा   देखिएका छन् ।

राष्ट्र बैंकबाट स्वीकृति प्राप्त २६ वाणिज्य बैंक मध्येमा सिभिल बैंक र सेञ्चुरी कमर्सियल बैंकले अघिल्लो आवको तुलनामा गत आवमा क्रमशः १६२.३६ र ११५.६७ प्रतिशतले नाफा बढाएका छन् । 

Advertisement

यसरी नाफा बढाएका बैंक मध्येमा पहिलो स्थानमा रहेको सिभिल बैंकलाई हिमालयन बैंक र सेञ्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेका छन् । 

कस्तो छ यी दुई बैंकको वित्तीय सूचक ? 
१. सिभिल बैंक
सिभिल बैंकले गत आर्थिक वर्ष १ अर्ब ३८ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ । ​अघिल्लो आर्थिक वर्षमा सिभिल बैंकको नाफा ५२ करोड ७७ लाख रुपियाँ थियो । यो दोब्बरभन्दा बढीको वृद्धि हो । ९ अर्ब ७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिभिल बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने नाफा १ अर्ब भएको उल्लेख गरेको छ । यसबाट बैंकले सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ ।

बैंकले ब्याज आम्दानीबाट ३ अर्ब ६४ करोड कमाएको छ । अघिल्लो वर्ष ब्याज आम्दानीबाट अघिल्लो वर्ष २ अर्ब २१ करोड थियो । बैंकको पुँजीकोष अनुपात १६.०५ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात ८५.४६ प्रतिशत छ । बेसरेट १०.४६ प्रतिशत छ । खराब कर्जा अनुपात १.०८ प्रतिशत छ । बैंकको स्प्रेडदर ४.२९ प्रतिशत छ । जुन अघिल्लो वर्ष २.५२ प्रतिशत थियो । बैंकको प्रतिसेयर आम्दानी १५.२६ रुपियाँ छ । असार मसान्तसम्म बैंकको निक्षेप ९४ अर्ब ४९ करोड तथा कर्जा ८३ अर्ब ४४ करोड छ । अघिल्लो वर्ष असार मसान्तमा बैंकमा निक्षेप ८८ अर्ब तथा कर्जा ७९ करोड थियो ।

हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर

२. सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले गत आर्थिक वर्षमा १ अर्ब ३५ करोड रुपियाँ नाफा गरेको छ। अघिल्लो वर्ष बैंकको नाफा ६२ करोड रुपियाँ थियो । बैंकले ब्याज आम्दानीबाट ३ अर्ब २० करोड रुपियाँ कमाएको छ । अघिल्लो वर्ष २ अर्ब ४३ करोड रुपियाँ थियो ।

९ अर्ब ५३ करोड रुपियाँ चुक्ता पूँजी रहेको सेञ्चुरी बैंकले गतवर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न मिल्ने नाफा ९१ करोड रुपियाँ गरेको छ । गतवर्षको नाफाबाट मात्र बैंकले साढे ९ प्रतिशत लाभांश दिने क्षमता राख्छ । असार मसान्तसम्म बैंकमा ९८ अर्ब ९५ करोड रुपियाँ निक्षेप तथा कर्जा ८८ अर्ब ८५ करोड रुपियाँ छ । अघिल्लो वर्ष बैंकमा ९३ अर्ब ४९ करोड निक्षेप तथा कर्जा ७८ अर्ब थियो ।

बैंकको पुँजीकोष अनुपात १३.५४ प्रतिशत छ । १.५९ प्रतिशत खराब कर्जा छ । अघिल्लो वर्ष १.९८ प्रतिशत खराब कर्जा थियो । १०.२३ प्रतिशत बेसरेट छ । अघिल्लो वर्ष ७.८० प्रतिशत थियो । बैंकको स्प्रेडदर ३.२६ प्रतिशत अघिल्लो वर्ष रहेको यो वर्ष ४.०३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १४.२१ रुपियाँ छ ।

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर, १ः१ स्वाप रेसियोमा सहमति

२१ वाणिज्य बैंकको कति प्रतिशत बढाए नाफा ?
नेपाल एसबीआई बैंकले ७०.०४, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६२.२७, एनसीसी बैंकले ५१.९८, प्रभु बैंकले ५१.११, सनराइज बैंक ४८.६९, कुमारी बैंक ४३.८७ एभरेष्ट बैंकले ४३.७७, एनआईसी एशिया बैंकले ३८.८६, राष्ट्रिय वाणिज्य बैंकले ३७.३८, एनएमबि बैंकले ३२.५३, माछापुच्छ्रे बैंकले ३६.५३, ग्लोबल आइएमई बैंकले २५ प्रतिशत, सिटिजन्स बैंकले २४.७६, मेगा बैंकले २१.७८, नेपाल इन्भेष्टमेण्ट बैंकले १४.८३, सिद्धार्थ बैंकले १२.७८, प्राइम कमर्सियल बैंकले १२.६३, नेपाल बैंकले १०.२९, नबिल बैंकले ९.८३, बैंक अफ काठमाण्डूले ४.८६ र लक्ष्मी बैंकले १.७६ प्रतिशतले खुद नाफा बढाएका छन् । 

यी हुन् नाफा घटेका तीन बैंक
कृषि विकास बैंकले २६.१६, हिमालयन बैंकले १७.२२ र सानिमा बैंकको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा १.०७ प्रतिशतले घटेको छ । 

मर्जर/प्राप्ति सम्झौता गरेका आठ वाणिज्य बैंकले कति कमाए नाफा ?, कस्तो छ वित्तीय अवस्था ?

नाफा बढी कमाउने ‘टप फाइभ’ बैंकः कुन बैंकको वित्तीय सूचक कस्तो ?
  

   
 

Advertisement

Advertisement