कुमारी बैंकका ग्राहकलाई होटेल शिरीषमा १६ प्रतिशतसम्म छुट दिने सम्झौता

Advertisement

काठमाडौँ । कुमारी बैंक र कपुरकोट नगरपालिका, वडा नम्बर ०३, सल्यानस्थित होटेल शिरीषबीच प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।    

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भाईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत होटेल शिरीषका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । 

Advertisement

बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । 


 

Advertisement

Advertisement