आइएमई जनरलद्वारा क्यान्सर पीडित बिरामीहरुको उपचारको लागि सहयोग प्रदान

Advertisement

काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले क्यान्सर पीडित बिरामीहरुको उपचारको लागि सहयोग प्रदान गरेको छ । 

नेपाल क्यान्सर हस्पिटल ललितपुरले कम्जोर आर्थिक स्थिति भएका क्यान्सर रोगी बिरामीहरुको निःशुल्क रुपमा उपचार गरिरहेको र सोही क्रममा आइएमई जनरलले दुई लाख पचास हजार क्यान्सर हस्पिटललाई प्रदान गरिएको हो । 

Advertisement

उक्त अवसरमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले नेपाल क्यान्सर हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. बच्चुकैलाश कैलीलाई चेक हस्तान्तरण गरे । 

सोही अवसरमा अस्पतालबाट आर्थिक रुपले विपन्न नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई क्यान्सर जस्तो घातक रोग लाग्दा निःशुल्क रुपमा उपचार गर्ने कार्य गरेकोमा नेपाल क्यान्सर हस्पिटलका शेयरधनी तथा व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइएमई जनरलको तर्फबाट सानो आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । 
 

Advertisement

Advertisement