लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षणका लागि कोष र सानिमा बैंकबीच सम्झौता

Advertisement

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र सानिमा बैंकबीच लघुवित्त तथा विपन्न कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरे र बैंकका सीईओ निश्चलराज पाण्डेले बुधबार हस्ताक्षर गरे । 

सम्झौताअनुसार सानिमा बैंकले लघुवित्त तथा विपन्न वर्ग कर्जाअन्तर्गत बिना धिता सामुहिक जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. सात लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रतिव्यक्ति रु. २० लाखसम्म वैदेशिक रोजगारीबाट सीपमूलक तालिम लिई फर्किएका युवा तथा दलित समुदायका व्यक्तिलाई सामुहिक जमानी वा परियोजना धितोअन्तर्गत लगानी गर्ने प्रतिव्यक्ति रु. १० लाखसम्म र कोषको पूर्व सहमति लिई महिलाद्धारा सञ्चालित लघुउद्यम परियोजनाअन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामुहिक जमानीमा लगानी गर्ने रु. १५ सम्मको कर्जा कोषले सुरक्षण गर्नेछ । 

Advertisement

Advertisement

Advertisement