नेशनल माइक्रोफाइनान्स लघुवित्तको नाफा ४० करोड रुपियाँभन्दा बढी

Advertisement

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ४० करोड १५ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.१२ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३१ करोड ५८ लाख ४१ हजार रुपियाँ खुद नाफा कमाएको थियो।

लघुवित्तले  गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा लघुवित्तको खुद नाफा सामान्य बढेको छ।खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो।

Advertisement

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.६३ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३०.८४ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २८.२५ प्रतिशत र सञ्चालन मुनाफा २७.५३ प्रतिशत बढेको छ। खुद नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १४ रुपैयाँ ६० पैसा बढेर ६८ रुपियाँ ४४ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २२७ रुपियाँ ७५ पैसा रहेको छ।

५८ करोड ६६ लाख रुपियाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७४ करोड ९४ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको सापटी ०.२० प्रतिशत, निक्षेप २०.७१ प्रतिशत र कर्जा १५.८६ प्रतिशत बढेको छ।

Advertisement

Advertisement